back
CTIZAN AD

सडक निर्माण नहुँदा दुर्घटनाको क्रम बढ्दो

वि.सं.२०७८ साउन २५ सोमवार

540 

shares

२५ साउन, दाङ । गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना ६ ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटना भयो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो ।

घोराही उपमहानगरपालिका ९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगिया नजिक गत माघ महिनामा मोटरसाइकल दुर्घटनामा परे । तुलसीपुरबाट आइरहेको टिपरलाई साइड दिँदा दुर्घटना भएको चौधरीले बताए । उनका बायाँ हातमा गहिरो चोट लाग्यो । तीन महिनाको उपचारपछि उनी निको भए । आजभोलि सो ठाउँमा आउँदा सोही घटनाको याद आउने उनी बताउँछन् ।

तुलसीपुर–घोराही जोड्ने फोर लेन सडक विस्तार तथा निर्माणको काम चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन् । समयमा सडक नबन्दा सो सडकमा यात्रा गर्ने यात्रुलाई सास्ती भोग्नु परेको छ ।

सडक विस्तारका नाउँमा सडकको दुवैतिर खनेर सडक अग्लो र होचो पारिएको छ, जसले यात्रा गर्दा कठिनाइ भोग्नुपरेको बताउँछन् तुलसीपुर– ७ का ७५ वर्षीय खुमानन्द अधिकारी । उनी भन्छन्, “सडक विस्तारको काम रोकिँदा नागरिकले सास्ती पाइरहेका छन् ।”

सङ्घीय सरकारले भारतीय एक्जिम बैंकको सहयोगमा चार वर्षअघि लमही–तुलसीपुर सडकलाई चार लेन बनाउने गरी आयोजना कार्यालय लमहीमा स्थापना गरेको थियो । पहिलो चरणमा घोराहीको बबई नदीदेखि तुलसीपुरसम्मको २८.१९ किलोमिटर सडक विस्तार हुन लागेको हो ।

त्यसमध्ये पनि १४.४ किलोमिटर मात्रै चार लेनको हुने र बाँकी करिब १४ किलोमिटर दुई लेनको हुने भन्ने जानकारी गराइएको थियो । जिल्लामा सवारीको चाप बढे पनि सडकको क्षेत्र पुरानै भएकाले दुर्घटना बढ्दै गएको यहाँका नागरिक बताउँछन् ।

सडक विस्तारको काम भने स्थानअनुसारले कतै दुई लेन त कतै चार लेनको हुने भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनीयरिङ इन्फ्रा प्रोजेक्टका कन्सल्टेन्ट इञ्जिनीयर ईश्वरीप्रसाद अम्गाईंले बताए ।

सन् २०१९ फेब्रुअरीमा नेपाल सरकारसँग ठेक्का सम्झौता भई काम शुरु गरेको भारतीय निर्माण कम्पनीले ३० महिनाभित्र अर्थात् सन् २०२१ अगस्टभित्र सडक विस्तारको सबै काम सक्नुपर्ने थियो ।

अहिले तुलसीपुरको हात्तिखौवादेखि घोराहीको कपासी बगियासम्मको सडक क्षेत्रमा काम अलपत्र परेको छ । सयौँ खाल्डाखुल्डीका कारण आधा घण्टाको यात्रा दुई घण्टा लाग्ने भएको छ ।

भारतीय एक्जिम बैंकको सहयोगमा एक करोड २१ लाख ८२ हजार अमेरिकी डलर लागतमा फोर लेन सडकको काम सम्पन्न हुने कुरामा मात्र सीमित भएको छ ।

सडक क्षेत्र मानवीय अतिक्रमणमा नपरेको तथा बिजुली टेलिफोनका तार र रुख हटाउने प्रक्रिया भइसकेकाले सडक विस्तारको काम निर्धारित समयमै सकिने दाङवासीको आशा थियो । तर सडक भताभुङ्ग पारेको चार वर्षसम्म पनि बन्न नसक्दा सो सडकमा यात्रा गर्ने सबैलाई सास्ती भएको छ ।

सडक बनाउने तयारीमा थुप्रै समस्या भोगेर लमही–तुलसीपुर फोरलेन सडक बन्दा बन्दै अलपत्र हुन पुग्यो । एक वर्षसम्म लथालिङगको अवस्थामा पुगेको सडकलाई पुर्नजीवन दिन थालिएको छ । एक वर्षदेखि निर्माण कार्य ठप्प भएको लमही–तुलसीपुर फोरलेन सडकको निर्माण कार्य पुनः शुरु हुने भएको छ ।

भारतीय निर्माण कम्पनी तथ्य इञ्जिनीयरिङ एण्ड इन्फ्रा प्रोजेक्टले स्थानीय प्रतिनिधि अनुप पाण्डेलाई काम गर्न जिम्मेवारी तोकेको थियो । पाण्डेले चार लेनलाई अघि बढाउन नसक्दा दुई वर्षमा भौतिक प्रगति छ दशमलव सात प्रतिशत मात्रै थियो ।

यो समयमा सडक निर्माणको प्रगति ३६ प्रतिशत भन्दामाथि हुनुपर्ने थियो । फोरलेन सडक निर्माणका लागि अनुप पाण्डेको ठाउँमा नयाँ प्रतिनिधि द्रोण दुलालले जिम्मा लिएका छन् । दुलालले फोरलेन सडकलाई गति दिने प्रतिबद्धता व्यक्त गरे । दशैँसम्म आठ किलोमिटर सडक कालोपत्र गर्ने योजना रहेको उनले बताए ।

“काम गर्दै जान्छु तर परिणामका लागि दशैँसम्म कुर्नुपर्ने छ”, उनले भने, “पानी परेकाले सडक निर्माणलाई गति दिन नसके पनि यो समयमा कच्चापदार्थ सङ्कलन गर्ने, प्रोसेसिङ गर्ने काम चलिरहेको छ ।”

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले चारलेन सडकलाई पहिलो प्राथमिकतामा राखिएको र त्यसका लागि नयाँ प्रतिनिधिसँग काम अघि बढाउने सहमति भएको जानकारी दिए ।

भारतीय एक्जिम बैंकको सहयोगमा चारलेन सडक अघि बढेको हो । अन्तर्राष्ट्रिय ठेक्का भएकाले बजेटको भोलुम अमेरिकी डलरमा छुट्टिएको हो । दुई प्याकेजमा एक करोड २१ लाख ४२ हजार डलरमा ठेक्का परेको हो ।

निर्माण कम्पनी भारतीय हो । भारतीय कम्पनीले सडक निर्माणको जिम्मा नेपाली प्रतिनिधिलाई दिएको छ । नयाँ प्रतिनिधिका रुपमा दुलालले काम अघि बढाउने बताए ।

चार लेन सडकका कन्सल्टेन्ट कम्पनीका इञ्जिनीयर आशीष कँडेलले थपिएको समय १० महिना र पछि थप हुने सात महिना गरी १७ महिनाको अवधि रहेको जानकारी दिए ।

७३ प्रतिशत समय सकिएको छ । समय थप्दै जाने तर काम नगर्ने प्रवृत्तिले फोरलेनमा समस्या थपेको हो । सडक निर्माण गर्न चाहिने कच्चापदार्थको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय दाङले समन्वय गरिदिने भएको छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १६:२८ मा प्रकाशित

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...