back
CTIZAN AD

लुम्बिनीमा काँग्रेस–माओवादीको आधा–आधा समझदारी, गठबन्धनका सांसदहरु रिसोर्टमा

वि.सं.२०७८ साउन २५ सोमवार

666 

shares

५ साउन, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको छ ।नयाँ सरकार गठनको प्रयास गरिरहेका नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने समझदारी भएको हो ।

हाल लुम्बिनीमा नेकपा एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलविरुद्ध ४१ सांसद पु¥याएर प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरीसकेको छ भने त्यसबारे छलफलका लागि साउन २७ गते विशेष अधिवेशन बोलाइएको छ ।

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पारित भएमा विपक्षी गठवन्धनको सरकार बन्ने छ । जसअनुसार त्यसको पहिलो ८ महिना माओवादी केन्द्रका कूलप्रसाद केसीले र नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडिया मुख्यमन्त्री बन्ने समझदारी भएको बताइएको छ ।
अविश्वास प्रस्तावमाथि छलफलका लागि बोलाइएको विशेष अधिवेशन अघि विपक्षी गठबन्धनका सांसदलाई कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा राखिएको छ । मुख्यमन्त्री पोखरेलले आफ्नो सत्ता बचाउनका लागि जुनसुकै हर्कत अपनाउनसक्ने स्थिति देखिएको हुँदा सांसदहरुलाई रिसोर्टमा राख्नु परेको नेपाली काँग्रेसका एक सांसदले जानकारी दिए ।

सर्वोच्चले जसपाका तीन सांसदलाई पुनर्बहाली गर्न अस्वीकार गरेसँगै मुख्यमन्त्री पोखरेल स्पष्ट अल्पमतमा परेका छन् । मुख्यमन्त्री पोखरेलले सर्वोच्च अदालतमा प्रदेशसभा अधिवेशन स्थगनका लागि रिट हाल्न लगाएपनि अदालतबाट दरपीठ भएपछि उनी अझै दबाबमा परेका छन् । उनले आजै पनि अधिवेशन स्थगनको आदेश माग गर्न भन्दै एमाले सांसद लिला गिरि सहितका सांसदहरुलाई सर्वोच्चमा पु¥याएर अर्को रिट हाल्न लगाएका छन् ।

८० सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन पक्षमा ४१ मत चाहिन्छ । नेकपा एमालेका ३८ जना सांसद छन् ।
विपक्षी गठबन्धनसँग ४१ सांसद छन् । नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४१ जना सांसद रहेका छन् ।

वि.सं.२०७८ साउन २५ सोमवार २०:४३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...