back
CTIZAN AD

किन उठेन काठमाडौंको फोहोर ?

वि.सं.२०७८ साउन २५ सोमवार

1.3K 

shares

साउन २५, काठमाडौं । अहिले काठमाडौंको मुटुको रुपमा रहेको पुतलीसडकस्थित स्टार मल अगाडी फोहोरको डङ्गुर थुप्रिएको छ । जहाँ फोहोर सडक किनारबाट सडकको बिच भागसम्म छरिएको देखिन्छ ।

पुतलीसडकसँगै कमलादी, कमल पोखरी, रत्नपार्क, गौशालालगायतका ठाउँहरुका सडकमा पनि फोहोरको अवस्था उस्तै छ । फोहोरका कारण पैदल हिँड्ने यात्रुहरुलाई मात्रै होइन् सार्वजनिक सवारीमा हिँड्ने यात्रुहरुसमेत समस्यामा परेका छन् ।

वर्षा याममा सडकमा फोहोरको थुप्रोमाथि पानी परे पछि जमेको पानीले गर्दा पैदलयात्रीलाई हिँड्न निकै सास्ती बनाएको छ । यसरी छरिएको फोहोरका कारण वातावरण त्यसै पनि प्रदुषित र दुर्गन्धित हुन्छ नै सडक आसपासको सौन्दर्य समेत कुरुप भैरहेको छ ।

चोकचोक र सडक किनारमा फालिएको फोहाेरको कारण पैदलयात्री रोग लाग्ने हो कि भनेर डराउनुपर्ने अवस्था बनेको छ । कोभिड–१९ को महामारीले आक्रान्त बनाएको काठमाडौंमा फोहोरको कारण अर्को महामारी सुरु हुने होकि भन्ने देखिएको छ ।

No description available.

किन बारम्बार उठ्दैन उपत्यकाको फोहोर ?

काठमाडौं उपत्यकामा फोहोर नउठ्ने यो मात्रै पहिलो घटना होइन्, यस अघि पनि विभिन्न कारणले उपत्यकाको फोहोर नउठ्ने गरेको थियो । त्यसको मुख्य कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने ठाउँ नुवाकोटको सिसडोलका स्थानीयले गर्ने आन्दोलन हुने गर्दथ्यो । आन्दोलन पछि त्यहाँका स्थानीयसँग सहमति गरेपछि समस्या समाधान हुने गर्दथ्यो ।

तर अहिलेको समस्या भने स्थानीयको आन्दोलन होइन । महानगरका प्रतिनिधिले बताएअनुसार यो फोहोरमाथिको राजनीति हो ।

संघीय सरकारको असहयोगले गर्दा उठेन फोहोर – महानगर

काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन प्रमुख हरिकुमार श्रेष्ठले संघीय सरकारका कारण उपत्यकको फोहोर उठ्न नसकेको बताएका छन् । उनका अनुसार बनेका ल्याडफिल्ड साईड हस्तान्तरण नगरिदिँदा यस्तो समस्या आएको हो ।

‘हामीले अहिलेसम्म प्रयोग गरिरहेको सिसडोल ल्याण्डफिल्ड साइट भरिइसकेको अवस्था छ, नयाँ ठाउँमा व्यवस्थापन गर्नुको विकल्प छैन्’, श्रेष्ठले भनेका छन्, ‘तर, संघिय सरकारले दिर्घकालिन रुपमा प्रयोग गर्न भनेर निर्माण गरिरहेको बन्चरे डाँडा सेनेटरी ल्याण्ड फिल्ड साइड एक तहमा निर्माण भईसक्दा पनि हस्तान्तरणमा वेवास्ता गरेको छ, अहिले सरकारले हस्तान्तरण नगर्दा नै समस्या आएको हो ।’

अहिले उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको ककनी गाउँपालिकामा रहेको सिसडोलल्याण्ड फिल्डसाइट नजिकै बन्चरे डाँडा भन्ने ठाउँमा सरकारले निर्माण गरिरहेको सेनेटरी ल्याण्ड फिल्ड साईटको निर्माण करिब अन्तिम अवस्थामा छ । उक्त साईटको केहि युनिटमा फोहोर व्यवस्थान गर्न सकिन्छ । तर, ल्याण्डफिल्डको केहि युनिट सञ्चालनका लागि संघीय सरकार मातहतमा रहेको सहरी विकास तथा भवन निर्माण विभाग र महानगरबीच उचित समन्वयन हुन सकिरहेको छैन् ।

महानगरपालिकाले संघीय सरकारलाई देखाउने र संघीय सरकारले महानगरलाई देखाउने शैलीले समस्या बढिरहेको प्रष्ट हुन्छ ।

वि.सं.२०७८ साउन २५ सोमवार १८:०२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...