back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ हजार ६५१ जना संक्रमित, २२ को मृत्यु

वि.सं.२०७८ साउन २५ सोमवार

672 

shares

२५ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४४५ पिसीआर र ६,१४९ एन्टिजेन गरी दुवै विधिबाट गरिएको १६ हजार ५९४ नमुना परीक्षणमा ३ हजार ६५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आइतवारको तुलनामा सोमवार परीक्षण गराउने र संक्रमित हुनेको संख्यामा वृद्दि भएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १७८४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ ।

त्यस्तै आज देशैभरी थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ ।

हाल देशैभरी सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये ३२ हजार ९०७ जना होम आइसोलेशनमा र ३३८१ जना संस्थागत आइसोलेशनमा उपचारत छन् ।

मन्त्रालयका अनुसार हाल देशैभरीका आइसीयुमा ७४१ जना र भेन्टिलेटरमा १८६ जनाको उपचार भइरहेको छ । आइतवारको तुलनामा सोमवार आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या पनि बढेको छ ।

त्यस्तै आइतवार देशैभरी १ लाख ४५ हजार ३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हालसम्म दुवै विधिबाट गरिएको कूल ४० लाख ४८ हजार २१९ नमुना परीक्षणमा हालसम्म संक्रमित हुनेको संख्या ७ लाख ८७ हजार ६ पुगेको छ ।

कोरोना संक्रमणबाट थप ५५ जनाको मृत्यु, २ हजार ५४८ जनामा संक्रमण पुष्टि

डा.रवीन्द्र पाण्डे भन्छन्–यसरी नियन्त्रण गर्न सकिन्छ कोरोना महामारीको तेस्रो लहर

वि.सं.२०७८ साउन २५ सोमवार १७:५२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...