back
CTIZAN AD

साउन लागेसँगै घट्यो वाणिज्य बैंकहरुको निक्षेप, कर्जा प्रवाहमा भने बृद्धि

वि.सं.२०७८ साउन २५ सोमवार

627 

shares

२५ साउन, काठमाडौं । साउन महिनाको २२ दिनमै वाणिज्य बैंकहरुको निक्षेप ६१ अर्बले घटेको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा वाणिज्य बैंकहरुको निक्षेप साउन २२ गतेसम्म आउँदा ४१ खर्ब ४० अर्ब रुपैयाँमा सीमित भएको हो ।

साउन महिनाको पहिलो सातामा वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब ५८ अर्ब रुपैयाँ, दोस्रो सातामा ४१ खर्ब ५३ अर्ब र तेस्रो सातामा ४१ खर्ब ४० अर्ब रुपैयाँ कायम भएको हो ।

साउन महिनाको तेस्रो सातासम्म वाणिज्य बैंकहरुको कर्जा लगानीमा भने झिनो सुधार भएको छ । चालु आर्थिक वर्षको साउन तेस्रो सातासम्म बैंकहरुको कर्जा प्रवाह भने ११ अर्बले बढेको छ । असार ३१ गतेसम्म ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह रहेकोमा साउन २२ गतेसम्म आउँदा ३७ खर्ब ३२ अर्ब पुगेको हो ।

गत आर्थिक वर्षको अन्तिम महिना अर्थात् असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो । यो तीन साताको अवधिमा वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेको हो ।

साउन पहिलो सातामा ३७ खर्ब ६ अर्ब, दोस्रो सातामा ३७ खर्ब १६ अर्ब रुपैयाँ हुँदै तेस्रो सातामा ३७ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा लगानी पुगेको हो ।
गत असार मसान्तमा सरकारको पुँजीगत खर्च बढ्दा बैंकहरुमा पर्याप्त निक्षेप संकलन भएको थियो । तर, चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारी पक्षको कारोबार घटेको कारण पनि निक्षेप घटेको बैंकहरुको भनाई छ ।

निक्षेप घट्नुलाई चिन्ताको विषय मान्न नपर्ने बैंकरहरुको भनाई छ । असार महिनामा निक्षेप संकलन बढेको भएपनि गत जेठ मसान्तसम्म भने निक्षेप कम थियो ।
वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको अवस्था
No photo description available.

वि.सं.२०७८ साउन २५ सोमवार २१:१७ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...