back
CTIZAN AD

वायु सेवाका कर्मचारीपछि नागरिक उड्ययनका कर्मचारी पनि आन्दोलनमा

वि.सं.२०७८ साउन २५ सोमवार

618 

shares

२५ साउन, काठमाडौं । नेपाल वायु सेवा निगमका कर्मचारीहरु चरणवद्ध आन्दोलनमा उत्रिरहेका बेला नागरिक उड्यन प्राधिकरण (क्यान) का कर्मचारीहरु समेत आन्दोलनमा उत्रिएका छ ।

नागरिक उड्यन प्राधिकरणलाई टुक्रयाएर दुई वटा संस्था बनाउने गरी नेपाल नागरिक उडड्यन प्राधिकरण विधेयक २०७६ र हवाई सेवा प्राधिकरण विधेयक २०७६ राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा जाने क्रममा रहेको उक्त विधेयक फिर्ताको माग गर्दै कर्मचारीहरु आन्दोलनको घोषणा गरेका हुन् ।

सोमबार कर्मचारी युनियन संवद्ध पाँच संगठन नेपाल नागरिक उड्ययन प्राधिकरण कर्मचारी संगठन, मधेश तराई कर्मचारी युनियन, लोकतान्त्रिक कर्मचारी संघ, राष्ट्रिय कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले प्राधिकरण नटुक्रयाउन चेतावनीसहित आन्दोलनको घोषणा गरेका छन् ।

क्यानमा कार्यरत कर्मचारी युनियनहरुले उक्त विधेयकहरु समग्रमा राष्ट्रिय हित प्रतिकुल रहेको र उडड्यन सुरक्षामा गम्भीर प्रश्न उठनसक्ने देखिएको भन्दै विधेयक फिर्ताकोे माग गरेका छन् । सोमबारदेखि घोषणा गरिएको विरोधका कार्यक्रम सार्वजनिक गरेका संगठनले २७ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि १ बजेसम्म पेन डाउन गर्ने र १२ बजेदेखि १ बजेसम्म कालोपट्टी सहित महानिर्देशकको कार्यकक्ष घेराउ गर्ने बताएका छन् ।

विरोधका कार्यक्रम गर्दासमेत सम्बन्धित पक्षबाट सुनुवाई नभए पुनः अर्को बैठक बसी थप कडा आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गर्ने संयुक्त युनियनले चेतावनी दिएका छन् ।

पछिल्लो समय सरकारी संस्थानका कर्मचारीहरु आन्दोलित भएका छन् । एक महिना अगाडीबाट नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलीत भएका छन् ।

नेवानीलाई पब्लिक कम्पनी बनाउने प्रस्ताव गरेसगैँ कर्मचारीहरु विगत ४० दिनयता आन्दोलनमा छन् । बिना तयारी हतारमा सञ्चालक समितिले पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली मस्यौदा गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएसगैँ कर्मचारी आन्दोलित बनेका हुन् ।

निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै कार्यालयमा तालाबन्दी गरेर कर्मचारीहरुले निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललाई कार्यालय प्रवेशमा समेत रोक लगाउँदै आएका छन् ।

 

वि.सं.२०७८ साउन २५ सोमवार २१:२२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...