२६ साउन, काठमाडौं । नेपाल टेलिकमले यी क्षेत्रमा केही दिन सेवा अवरुद्ध हुने जनाएको छ ।
टेलिकमको प्रादेशिक निर्देशनालय त्रिपुरेश्वरले गोंगवु अन्तर्गत पर्ने वनस्थलीदेखि बसुन्धारासम्म झण्डै ५ कि.मी चक्रपथको दायाँ बायाँ रहेको नेपाल टेलिकमका क्याविनेट, पोल तथा केवुलहरु सडकबाट हटाइने भएकाले सेवा अवरुद्ध हुने सूचना जारी गरेको हो ।
मंगलवार जारी सूचना अनुसार उक्त एरियाका कपर नेटवर्कलाई एफटिटिएचमा सार्नु पर्ने भएकाले केहीदिन सेवा अवरुद्ध हुने बताएको हो ।

वि.सं.२०७८ साउन २६ मंगलवार १३:३९ मा प्रकाशित






























