back
CTIZAN AD

ठूलीगाडमा लोपोन्मुख प्रजातिका माछा वृद्धि हुँदै

वि.सं.२०७८ साउन २६ मंगलवार

699 

shares

२६ साउन, गोदावरी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा लोपोन्मुख प्रजातिका माछाको सङ्ख्या बढ्दै गएको छ । ठूलीगाड नदीमा गैरकानूनीरूपमा माछा मार्न प्रतिबन्ध लगाइएका कारण तिनको सङ्ख्या बढ्दै गएको हो ।

जलाधार क्षेत्रमा जलीय जैविक विविधता संरक्षण गर्न तीन वर्षअघिदेखि कैलालीका दुई र डोटीका दुई स्थानीय तहले सो नदीमा जथाभावीरूपमा माछा मार्न बन्द गराएका थिए । कैलालीका चुरे र मोहन्याल तथा डोटीका जोरायल र बडीकेदार गाउँपालिकाले जलचर संरक्षण ऐन कार्यान्वयनमा ल्याई जलीय जैविक विविधता संरक्षण गर्दै आएकाले विभिन्न माछाका प्रजाति बढ्दै गएको चुरे गाउँपालिका–३ का वडाध्यक्ष टेकबहादुर शाहले बताए ।

तीन वर्षअघिसम्म ती पालिका भएर बग्ने नदी तथा खोलामा बम विष्फोटनका साथै विषादी र करेन्ट प्रयोग गरी माछा मार्ने गरिन्थ्यो तर अहिले त्यस्ता कार्यमा प्रतिबन्ध लगाइएकाले अहिले त्यहाँ माछाको सङ्या वृद्धि भएको पाइएको उनका भनाइ थियो ।

जलाधार क्षेत्रमा माछाका २७ प्रजाति र १६ जल वनस्पति रहेकामा तीमध्ये सहर, जेब्रा , बुचे असला, असला सोल, चुच्चे असला र राजाबाम रेथाने प्रजाति भएको चुरे गाउँपालिका–१ का वडाध्यक्ष हुकुम बोहराले जानकारी दिए ।

“हामीले छुट्टै कानून बनाएर स्थानीय नदी तथा खोलामा गैरकानूनीरूपमा माछा मार्न बन्द गराएका छौँ, कानूनविपरीत काम गर्ने जोकोहीलाई कारबाही हुन्छ”, उनले भने ।

ती पालिकाले जलचर संरक्षणसम्बन्धी समूह गठन गरी ठूलीगाड जलाधार क्षेत्र संरक्षण गर्न जिम्मा दिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । डोटी र कैलाली जिल्लालाई छुट्याउने उक्त जलाधारको जलनिकास घनत्व ९३५ मिटर क्युबिक किमी र जलाधारको क्षेत्रफल ८५० क्युबिक किमी छ ।

वि.सं.२०७८ साउन २६ मंगलवार १३:४० मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...