२६ साउन, काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले ललितपुरको भैँसेपाटीमा आफ्नो १०४ औं शाखा संचालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन बैंकका सहायक महाप्रबन्धक केशव राज पौडेल र ललितपुर महानगरपालिका वडा न १८ का वडा अध्यक्ष पुुरुषेत्तम खड्काले गरेका हुन । बैंकले आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेको छ ।
बैंकले १०४ शाखा कार्यालय, १३६ एटिएम बाट आफ्ना ग्राहकहरुलाई सेवा दिदैँ आइरहेकोे छ ।
वि.सं.२०७८ साउन २६ मंगलवार १४:४३ मा प्रकाशित





























