back
CTIZAN AD

युवाको सक्रियतामा विकट गाउँमा बन्यो खेलमैदान

वि.सं.२०७३ फागुन १० मंगलवार

927 

shares

१० फागुन, फलेवास, पर्वत। यहाँको एक विकट गाउँमा युवाको सक्रियतामा सुविधासम्पन्न खेल मैदान निर्माण भएको छ ।

उत्तरी पर्वतको भुकाताङ्ले गाविसमा सुविधा सम्पन्न खेलमैदान निर्माण गरिएको हो । जिल्लामा खेलकुद मैदानको अभावमा खेल गतिविधि शून्य बन्दै गएका बेला भुकाताङले गाविस–१ का युवाले गाउँमै आधुनिक सुविधा सम्पन्न खेलमैदान निर्माण गरेका हुन् ।

स्थानीय पिपलटारी युवा क्लबले रु दुई लाख ५० हजारको लागतमा जग्गा खरिद गरी खेलमैदान निर्माण गरिएको हो । जग्गा खरिदका लागि क्लबले स्थानीय समुदाय, विभिन्न व्यक्ति तथा सङ्घसंस्थासँग सहयोग सङ्कलन गरेका थिए ।

खेल मैदानमा भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन, छोटो दूरीको दौड, एथलेटिक्सलगायतका खेलकुद एकैपटक सञ्चालन गर्न सकिन्छ । साथै गाउँमा हुने विभिन्न सभा समारोह समेत सञ्चालन गर्न सकिने क्लबले जनाएको छ । खेल मैदानलाई प्यारापिटसहितको बनाउने तयारी समेत गरिएको छ ।

गाउँमा सुविधा सम्पन्न खेलमैदान निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन् । विगतमा खेलमैदान अभावका कारण खेलकुद गतिविधि फस्टाउन नसके पनि स्थानीय समुदाय तथा खेलप्रेमी व्यक्तिको सहकार्यमा युवाले रकम जुटाएर खेलमैदान निर्माण गरेको पिपलटारी युवा क्लबका अध्यक्ष भीमबहादुर मल्लले बताउनुभयो ।

खेलकुद मैदान निर्माणका लागि सबैले सहयोग गर्नुभएको छ अध्यक्ष मल्लले भन्नुभयो– “खेलमैदानलाई व्यवस्थित र आधुनिक, सुविधा सम्पन्न बनाएर लैजाने सोच बनाएका छौँ । जग्गा खरिद प्रक्रिया सम्पन्न भएसँगै स्थानीय समुदायको सक्रियतामा जग्गा सम्याउने र आवश्यक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।”

खेल क्षेत्रमा अग्रस्थानमा रहेको स्थानीय क्लबले जिल्ला स्तरीय भलिबल तथा विभिन्न खेलकुद क्षेत्रमा उल्लेखनीय सहभागिता जनाउँदै आएको छ । खेलमैदान निर्माणपछि स्थानीय खेलाडी तथा खेलप्रेमीलाई राहत मिलेको छ । आगामी दिनमा रकम जुटाएर खेल मैदानको क्षेत्रलाई बढाउने क्लबका सचिव साजन मल्लले बताउनुभयो ।

खेलमैदान निर्माणमा स्थानीय समुदाय जुटे पनि सम्बन्धित सङ्घसंस्था तथा जिल्ला विकास समितिले खासै चासो नदेखाएको क्लबले आरोप लगाएको छ ।

वि.सं.२०७३ फागुन १० मंगलवार ०४:१३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...