back
CTIZAN AD

एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्काशनका लागि बोर्डमा दिए निवेदन

वि.सं.२०७८ साउन २९ शुक्रवार

693 

shares

२९ साउन, काठमाडौँ । एभरेष्ट बैंक र एनएमबि बैंकले ऋणपत्र निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । एभरेष्ट बैंकले २ अर्ब बराबरको २० लाख कित्ता र एनएमबि बैंकले ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा निवेदन दिएका हुन ।

एभरेष्ट बैंकले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १२ लाख कित्ता व्याक्तिगत तवरबाट विक्री गर्नेछ । बैंकले वार्षिक ८.५ % ब्याजदरमा ८ वर्ष सम्मका लागि ऋणपत्र निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । बैंकको ऋणपत्र निषकाशन तथा विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यसैगरी, एनएमबि बैंकले ३५ लाख कित्ता मध्ये १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने २१ लाख कित्ता ऋणपत्र व्याक्तिगत तवरबाट विक्री गर्ने जानकारी गराएको छ । बैंकको ऋणपत्र निषकाशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १०:५७ मा प्रकाशित

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...