back
CTIZAN AD

यस्तो छ माओवादी केन्द्रको प्रस्तावित राष्ट्रिय सम्मेलनको कार्यतालिका

वि.सं.२०७८ साउन ३० शनिवार

732 

shares

३० साउन, काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी पुषको दोस्रो साता राष्ट्रिय सम्मेलन गर्ने मिति प्रस्ताव गरेको छ ।

आजदेखि शुरु भएको केन्द्रीय समितिको पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत गरिएको राजनीतिक प्रस्तावअनुसार आगामी पुसको दोस्रो साता राष्ट्रिय सम्मेलन आयोजना गरिने उल्लेख छ ।

आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको हो । त्यसका लागि आगामी भदौ मसान्तभित्र पार्टी सदस्यता नवीकरण तथा वितरण अभियान चलाइनेछ । आगामी असोज १० गते सेल र टोल भेला गर्ने, २० गते वडा सम्मेलन, ३० गते पालिका सम्मेलन गर्ने र कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने प्रस्ताव गरिएको छ ।

प्रस्तावअनुसार आगामी मङ्सिर १५ गते प्रदेश सम्मेलन आयोजना गरिनेछ । बैठकमा अध्यक्ष प्रचण्डले विधान संशोधनको प्रस्ताव पेश गरेका छन् । बैठकमा अध्यक्ष दाहालले पेश गरेको राजनीतिक, विधान संशोधनलगायतका अन्य प्रस्तावमाथि छलफल गर्न विभिन्न आठ वटा समूहमा विभाजन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आइतबार बिहान ११ बजेसम्म दुवै प्रस्तावमाथि छलफल गरेर केन्द्रीय सदस्यले आवश्यक राय सुझाव दिनुपर्नेछ । छलफलबाट प्राप्त हुने निष्कर्ष बैठकमा पेश हुने र आवश्यक संशोधनसहित पारित गर्ने कार्यसूची तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकका अध्यक्ष दाहालले वर्तमान राजनीतिक परिस्थितिको जानकारी गराउनुभएको थियो । उहाँले देशको परिस्थिति र पार्टीले खेलेको भूमिका र आगामी दिनमा निर्वाह गर्नुपर्ने कार्यभारका बारेमासमेत आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय समितिको बैठक आइतबार पुनः ११ बजे बस्नेछ ।

वि.सं.२०७८ साउन ३० शनिवार १९:४८ मा प्रकाशित

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ

गोरखा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन...

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ

भोजपुर । पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको यहाँको सुख्खाग्रस्त क्षेत्रमा...

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

प्रभु बैंक लिमिटेड गण्डकी बिजनेस सेन्टरको समन्वय तथा पालुङटार शाखाको पहलमा

काठामाडौँ । संस्थागत सामाजिक उत्तर दायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत श्री...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

रास्वपा काभ्रेपलाञ्चोकमा पुनः ढकाल

काभ्रेपलाञ्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रेपलान्चोक जिल्ला सभापतिमा प्रवीणकुमार...