back
CTIZAN AD

तपाईको आज आइतवारको राशिफल, हेर्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?

वि.सं.२०७८ साउन ३१ आइतवार

951 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्य खर्चिलो देखिए पनि सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिरको परिवेश उल्लासमय रहनेछ। रमाइलो जमघटमा सहभागी भइनेछ। विभिन्न माध्यमबाट नाम, दाम र इनाम कमाउने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। साँझदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। बेसुरमा काम गर्ने बानीले मिहिनेत खेर जान सक्छ। प्रक्रिया नमिल्नाले पनि काम दोहोर्याउनुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् र साँझतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ। बोलीका भरमा काम सम्पादन हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। साँझतिर परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ। साँझतिर बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ। परिस्थितिजन्य समस्याले अलि दुःख पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन्। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि धनसञ्चय र कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सफलता मिल्नेछ। साँझतिर केही विवादास्पद काममा अलमलिनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

२०७८ साउन ३१ गते, आइतवार, (१५ अगस्ट,२०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज शनिवारको राशिफल भन्छ–आज यी पाँच राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०७८ साउन ३१ आइतवार ०७:५६ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...