back
CTIZAN AD

करोडौँको कर्जा लिई फरार ढुङ्गानालाई पोर्चुगलबाट झिकाइयो

वि.सं.२०७८ साउन ३१ आइतवार

699 

shares

३१ साउन, काठमाडौँ । बैंकिङ तथा कीर्ते लिखत बनाई झण्डै रु तीन करोड कर्जा लिएको कसुरमा संलग्न रही फरार भएका एक व्यक्तिलाई पोर्चुगलबाट झिकाइ कारवाही प्रक्रिया अघि बढाइएको छ ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१ बस्ने ४३ वर्षीय केदार ढुङ्गानालाई इन्टरपोलको सहयोगमा झिकाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई शनिबार काठमाडौँ ल्याइएको र आज ललितपुर जिल्ला अदालतमा बुझाइने ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

ललितपुर जिल्ला अदालतले विसं २०७७ पुस २० को फैसलाले सरकारी छाप तथा दस्तखत कीर्ते (हालको मुलुकी अपराध संहिता, २०७४ को लिखतसम्बन्धी कसुर) लगायत १० वटा मुद्दामा उनलाई १० वर्ष कैद र रु सात लाख जरिवाना हुने ठहर गरेको थियो ।

उक्त मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका प्रतिवादीको बयानबाट ढुङ्गानाको संलग्नता रहेको खुल्न आएपश्चात् विसं २०७५ पुस ४ गते पक्राउ अनुमति लिइ खोजी शुरु गरिएको थियो । त्यसबेला उनी नेपालमा फेला नपरेको र संयुक्त अरब इमिरेट्समा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न विसं २०७५ पुस १७ गते डिफ्युजन जारी भएको र उक्त डिफ्युजन २०७८ वैशाख ३१ गते रेड कर्नर नोटिसमा रुपान्तरण भएको थियो । खोजीका क्रममा उनले पोर्चुगलमा आवासीय अनुमतिका लागि आवेदन दिएको जानकारी विसं २०७७ जेठ १६ गते प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीको इन्टरपोल शाखाले पोर्चुगलको ‘नेशनल सेन्ट्रल ब्युरो’सँगको समन्वयमा पोर्चुगलबाट पक्राउ गरी आज नेपाल ल्याइएको ब्युरोले जनाइएको छ । उनीसहित १२ जनाले काठमाडौँ र ललितपुरका बैंकमा सवारीसाधन सुरक्षणबापत बैंकका नाममा पास गरी सवारीसाधन कर्जास्वरुप रु दुई करोड ७१ लाख ७६ हजार रकम लिएका थिए । बैंकको कर्जा नबुझाएपछि लिलामी गर्ने प्रयोजनका लागि बैंकले यातायात व्यवस्था कार्यालयसँग पत्राचार गर्दा उक्त सवारीसाधन बैंकका नाममा नरहेको जानकारी आएको थियो ।

त्यसपश्चात् प्रतिवादीले बैंकलाई हानि नोक्सानी पु¥याउने कार्य गरेको देखिन आएकाले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न उक्त ब्युरोमा २०७५ मङ्सिर २१ गते जाहेरी परेको थियो । अनुसन्धानका क्रममा ढुङ्गानासमेतले सवारी दर्ता प्रमाणपत्रसमेतका कागजात कीर्ते बनाई पेश गरेको खुल्न आएको थियो ।

उनीहरूले सरकारी छाप तथा दस्तखत कीर्ते कसुर शीर्षकमा काठमाडौँ जिल्ला अदालतमा पाँच र ललितपुर जिल्ला अदालतमा १० मुद्दा दायर भएकामा ललितपुर जिल्ला अदालतबाट १० वटै मुद्दा फैसला गरी प्रतिवादी ढुङ्गानासमेतका कसुरमा संलग्न प्रतिवादीलाई प्रत्येक मुद्दामा एक वर्ष कैद र रु ७० हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो । काठमाडौँ जिल्ला अदालतमा दायर भएका लिखतसम्बन्धी कसुरमा पाँच वटा मुद्दा र उच्च अदालत, पाटनमा दायर भएका बैंकिङ कसुरसम्बन्धी १६ वटा मुद्दा विचाराधीन छ ।

वि.सं.२०७८ साउन ३१ आइतवार ०८:३५ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...