३२ साउन, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा कार्यरत सात जना डाक्टरको बढुवा गरेको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत विभिन्न ठाउँमा कार्यरत उनीहरुलाई दशौँ तह हुने गरी बढुवा गरिएको हो ।
बढुवा हुनेहरुमा स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरामा कार्यरत कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. बुद्धिप्रसाद पौडेल, गुल्मी अस्पतालका मेसु डा. उत्तम पच्या, सेती अस्पतालका कन्सलट्यान्ट डा. जगदीश जोशी, दमौली अस्पतालमा कार्यरत मेसु डा. सुनील पौडेल रहेका छन् ।
यसैगरी स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरी, प्युठान अस्पतालका मेसु डा. नविन दर्नाल र बरिष्ठ जनस्वास्थ्य प्रशासक डा. सुरेश मेहता रहेका छन् ।
वि.सं.२०७८ साउन ३२ सोमवार ०९:४२ मा प्रकाशित






























