३२ साउन, काठमाडौं । वागमती प्रदेशमा आइतवार थप १० कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार काठमाडौंका ५० र ८२ वर्षीया २ महिला, चितवनकी ८२ वर्षीया महिला र ५८ वर्षीय पुरुष, मकवानपुरका ८४ र ५० वर्षीय २ पुरुष, दोलखाका ५५ वर्षीय पुरुष, सिन्धुलीकी ६६ वर्षीया महिला र काभ्रेपलान्चोकका ७७ वर्षीय १ पुरुष गरी १० जनाको मृत्यु भएको हो ।
आइतवार मृत्यु भएका १० जनासँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार १७९ पुगेको छ ।
मन्त्रालयका अनुसार आइतवार प्रदेशमा ६ हजार ११६ नमुना परीक्षणमा ९४० जनामा संक्रमण पुष्टि भएको छ भने सोहि अवधिमा ६२६ जना संक्रमणबाट मुक्त भएका छन् ।
प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या ३ लाख ९८ हजार ४९५ पुगेको छ भने सोहि अवधिमा संख्या ३ लाख ७७ हजार १३१ जना संक्रमणबाट मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार प्रदेशका विभिन्न अस्पतालका आइसीयुमा ४७६ र भेन्टिलेटरमा ११५ जनाको उपचार भइरहेको छ । साथै १५ हजार १०४ कोरोना संक्रमित होम आइसोलेशनमा रहेका छन् ।
वागमती प्रदेशमा थप ८ कोरोना संक्रमितको मृत्यु, मृत्युहुनेको संख्या ४,१६९ पुग्यो
वि.सं.२०७८ साउन ३२ सोमवार ०९:३५ मा प्रकाशित






























