back
CTIZAN AD

ओझेलमा परेको ‘तिलेश्वर महादेव मन्दिर’

वि.सं.२०७८ भदौ १ मंगलवार

1.1K 

shares

१ भदौ, बनेपा । ओझेलमा परेको तिलेश्वर महादेव मन्दिरमा पछिल्लो समय दर्शनार्थीको घुइँचो लाग्न थालेको छ ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ हात्तीडोलमा रहेको सो मन्दिरमा पछिल्लो समय दर्शनार्थीको घुइँचो बढ्न थालेको हो ।

पनौती नगरपालिका–९ सुनथानका चित्रबहादुर हुमागाईं पहिलो पटक तिलेश्वर महादेव मन्दिरमा पुगे । उनी तिलेश्वरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासले हिँडेरै मन्दिर गएका हुन् । उनले भने, “ झक्तजन टाढा टाढाबाट आउने भएकाले सहज पहुँचका काममा स्थानीय सरकारले ध्यान दिनुपर्छ ।”

करिब एक वर्ष अगाडि चन्दा सङ्कलन गरी मन्दिर र सत्तल निर्माण गरिएको थियो । मोटरबाटोलाई व्यवस्थित तथा सिँढी निर्माण गर्न आवश्यक रहेको भक्तजन बताउँछन् । मन्दिरका पुजारी टलकबहादुर महतका अनुसार मन्दिरका बारेमा जानकारी भएको र प्रचारप्रसार हुन थालेको करिब आठ वर्ष मात्रै भएको छ ।

बेथानचोक ४ का वडाध्यक्ष लालबहादुर श्रेष्ठले धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तिलेश्वर मन्दिरको संरक्षण र प्रचारप्रसार गर्न प्राथमिता दिएको बताए ।

सुरुमा मन्दिरसम्म जानका लागि बाटो नै नभएको र पछि वडाको पहलमा मोटरबाटो निर्माण गरेपछि अहिले आवतजावतमा सजिलो भएको उनले बताए ।

वि.सं.२०७८ भदौ १ मंगलवार १३:४८ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...