२, भदौ, काठमाडौं । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य पहिलो महिला मुख्यमन्त्रीमा नियुक्ती भएकी छन् । उनले आजै पद तथा गोपनियताको सपथ लिएकी छन् ।
नेकपा (एमाले) विभाजन भएकै दिन नेतृ शाक्य बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएकी हुन् । ओली पक्षका मानिएका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेललाई राजिनामा गराएर पार्टीले शाक्यलाई मुख्यमन्त्री नियुक्ती गर्ने वातावरण सिर्जना गरेको हो ।
बाग्मती प्रदेशमा ११० प्रदेशसभा सदस्य मध्ये एमालेबाट मात्रै ५६ जना सदस्य रहेका छन् । पार्टी विभाजनको प्रकृयामा अगाडि बढिरहेको बेला शाक्यलाई मुख्यमन्त्री बनाएर पार्टी एकताको लागि थप पहल गरिएको पुर्व मुख्य मन्त्री डोरमणी पौडेलले अभिव्यक्ती दिएका छन् ।
वि.सं.२०७८ भदौ २ बुधवार २१:५५ मा प्रकाशित





























