back
CTIZAN AD

वायु प्रदुषण मापन यन्त्र आफैँ प्रदूषित !

वि.सं.२०७८ भदौ ४ शुक्रवार

1.4K 

shares

४ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्क वरपर राखेका वायु प्रदुषण मापन यन्त्र आफैँ प्रदूषित बनेको छ । यन्त्रको पछाडिको भागमा राखिएको फोहोरले वायु प्रदुषण मापन यन्त्र आफैँ प्रदूषित बनेको हो ।

वायु प्रदुषण मापन गर्ने यन्त्रको पछाडीको भागमा राखिएको फोहोर भरिएर पोखिनै लागेको छ । तर फोहोरलाई त्यहाँबाट निकालिएको छैन । ती फोहोरको भाँडोलाई तत्काल खालि नबनाउने हो भने वायु प्रदुषण मापन यन्त्र नै फोहोरको डंगुरभित्र नहराउला भन्न सकिन्न ।

सधैँजसो सवारी साधन र यात्रीहरुको भिडभाड रहने देशको राजधानी जस्तो ठाउँमा वायु प्रदुषण मापन गर्ने यन्त्र नै प्रदूषित भए पछि जनताको स्वास्थ्यमा कस्तो असर पर्ला ? रत्नपार्कमा रहेको वायु प्रदुषण मापन यन्त्र वायु प्रदुषण मापनका लागि नभई फोहोर फाल्नका लागि राखिएको जस्तो देखिन्छ ।

No description available.

राजधानीको रत्नपार्कलगायतका ठाउँहरुका वरपर राखिएका वायु प्रदुषण मापक यन्त्रहरुमध्ये धेरै जसो यन्त्रले प्रदुषण मापनको साटो फोहोर हाल्ने भाँडोको मात्र काम गरिरहेको छ । केहि यन्त्र बाहेक धेरै जसो यन्त्रले मापनको काम गरिरहेका छैनन् ।

अहिले देशको संघीय राजधानी काठमाडौं फोहोरको डंगुरले कुरुप देखिएको छ । यस्तो बेलामा महानगरले प्रदुषणको मात्रा थाहा पाउन स्थापना गरेका प्रदुषण मापक यन्त्रहरुको हालत देख्दा लाग्छ, स्थानीय सरकारहरु प्रविधिमैत्री होइनन् विरोधी हुन् ।

किन उठेन काठमाडौंको फोहोर ?

वि.सं.२०७८ भदौ ४ शुक्रवार १७:२७ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...