back
CTIZAN AD

भरतपुर महानगरपालिकाले अनलाइनबाटै भवन निर्माण प्रकृयाको अनुमति प्रदान गर्ने

वि.सं.२०७८ भदौ ४ शुक्रवार

663 

shares

४, भदौ, चितवन । भरतपुर महानगरपालिकाले भवन निर्माणका लागि घरनक्सा सफ्टवेयरमार्फत काम सुरु गरेको छ । सफ्टवेयरको आज एक समारोहका बीच उद्घाटन गरिएको हो । अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल सुभारम्भ कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका–९ की सुस्मा केसीलाई १५ दिने सूचना हस्तानतरण गर्दै यसको सुभारम्भ गरेकी हुन् ।

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा बनेको सफ्टवेयरबाट सेवा सुरु गरिएको हो । सेवाग्राहीले आफ्नो निवेदन र इन्जिनीयरले बनाएको घर नक्साको डिजाइन अनलाइनमार्फत नक्सा शाखामा पठाउन सक्ने छन् । यसरी आएका निवेदन अनलाइन मार्फतनै स्वीकृत गरिने छ । आवश्यक कागजपत्र अपुग भएमा पुनः अनलाइन मार्फतनै ती कागजपत्र माग गरिने छ । आवश्यक कागजपत्र पुगिसकेपछि घर धनीलाई सूचनासमेत अनलाइन मार्फतनै दिइने छ ।

सफ्टवेयरबाट ललितपुर र काठमाडौँ महानगरपालिकासँगै बुटवल उपमहानगरपालिकामा यो काम सुरु भइसकेको छ । परामर्श दाताले पठाएका आवश्यक सामग्रीहरूलाई अनलाइनबाटै हेरेर प्रमाणित गर्ने काम हुने छ । महानगरका सहरी तथा पूर्वाधार महाशाखाका प्रमुख रत्नप्रसाद लामिछानेका अनुसार घर निर्माणका लागि आवश्यक अनुमति दिने कामसम्म यहाँबाट गर्न सकिने छ । अनलाइनमार्फत काम हुने भएकाले घरमानै बसेर आएका कागजपत्रहरू हेर्न सकिने भएकाले सेवाग्राहीले छिटो सुविधा लिनसक्ने उहाँले जानकारी दिनुभयो ।

समाजका सुमन प्रधानले प्रविधिको प्रयोगले कर्मचारीलाई जिम्मेवार बनाउने बताउनुभयो । निर्माणाधीन घरहरूको अनुगमन, प्रविधिको प्रयोगले सेवाग्राही कार्यालयमा आइराख्नु पर्ने झन्झट हट्ने उनको भनाइ छ । भूकम्प प्रतिरोधात्मक भवन निर्माण र अनुगमनका लागि यो प्रविधि महत्वपूर्ण रहेको उनले जानकारी दिइन्। डिजिटल हस्ताक्षरलाई सरकारले मान्यता नदिएका कारण अन्तिम चरणमा भने सक्कल कागजातनै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । यस पोर्टलमा आवश्यक सम्पूर्ण विवरण सुरक्षित रहने गरी काम गरिएको छ । महानगरपालिकाले गत माघ महिनामा गरेको सहमतिअनुसार अहिले काम भएको हो ।

भरतपुर महानगरपालिकामा हालसम्म ६० प्रतिशत घरहरू मापदण्डअनुसार बनेको कार्यालयले जनाएको छ । अहिले ७० हजार घरधुरी मापदण्डमा रहेको र अन्यलाई मापदण्डमा ल्याउन सहज हुने विश्वास व्यक्त गरिएको छ । अभिलेखीकरण र नियमन गर्नका लागि सहज बन्ने गरी प्रविधिको प्रयोग गरिएको हो ।

महानगर प्रमुख दाहालले दुई वर्षदेखिको योजना सफल भएको बताइन् अहिले अनलाइनबाट सेवा सञ्चालन गरेर कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । अनलाइनमार्फत सेवा सुरु गर्दा महानगरको स्मार्ट सिटीको अवधारणालाई सहयोग पुग्ने बताइन् । सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारी, समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठलगायतले घर नक्सा सफ्टवेयरको महत्वको बारेमा जानकारी गराएका थिए ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार १९:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...