back
CTIZAN AD

सदस्यमा दोहोरोपना नहुने गरी लघुवित्तका शाखा खोलिने

वि.सं.२०७८ भदौ ४ शुक्रवार

564 

shares

४, भदौ, काठमाडौं । माइक्रोफाइनान्स एसोसियशन अफ नेपालले शाखा कार्यालय विस्तार गर्दा सदस्यमा दोहोरोपना नहुने गरी कार्यक्रम सञ्चालन गर्ने भएका छन् । संस्थाको आज सम्पन्न अन्तरक्रियापछि जारी संयुक्त विज्ञप्तिअनुसार कर्मचारीको नियुक्ति गर्नुपूर्व अघिल्लो लघुवित्त संस्थाको राजीनामा स्वीकृति प्राप्त भएको पत्र लिने र कर्मचारीको दक्षता अधिवृद्धि कार्यक्रम सञ्चालन गरी समय सान्दर्भिक सेवा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

सूचना प्रविधिको अधिकतम उपयोग गरी संस्थाको लागत कम गर्ने, ग्राहक सदस्यलाई पारदर्शीरुपमा कारोबारको जानकारी गराउने, अनुगमन र निरीक्षण, ऋण विश्लेषण तथा सदुपयोगिता परीक्षणको प्रभावकारीता वृद्धि गर्ने सहमति भएको संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिनुभयो । यस्तै, लघुवित्त क्षेत्रलाई दिगोरूपमा सञ्चालन गर्न ग्राहक संरक्षणका सिद्धान्तको परिपालना गर्ने, कर्जा सूचना केन्द्रमार्फत अनिवार्य अनलाइन सूचना प्रदान गर्न सहमत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, जिल्ला समन्वय समिति, गाँउपालिका, नगरपालिकालगायत अन्य प्रशासनिक निकायका पदाधिकारीलाई लघुवित्त कार्यक्रमको प्रभावकारीतासम्बन्धी जानकारी तथा समन्वय गर्ने, सामाजिक कार्यक्रमको प्रवद्र्धन गर्न विभिन्न प्रकारका कार्यक्रम गर्ने र लगानीकर्तालाई लघुवित्तसम्बन्धी महत्वकाबारे जानकारी गराउनेलगायत विषयमा सहमति भएको उल्लेख छ ।

वि.सं.२०७८ भदौ ४ शुक्रवार २१:२२ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...