१
सुन्दर फूलबारी
हर्षित डाँफे मुनाल
उच्च शिर सगरमाथा !
२
शब्दहरुको रोजी
अतृप्त तृष्णाको भोगी
राता फूलहरुको खोजी !
३
भालुको यो कञ्चट
बुढो बाघको गर्जन
त्रसित छ जनजीवन !
४
लालुपाते योवन
विरक्तिएर यो मन
आज किन हुन्छ जलन !
५
मौलियो काँडाघारी
गुलाबको बोट माथि
फुल्यो सस्तो लोकप्रियता !
वि.सं.२०७८ भदौ ५ शनिवार ०६:०२ मा प्रकाशित






























