back
CTIZAN AD

कविता: यथार्थ

वि.सं.२०७८ भदौ ५ शनिवार

945 

shares

भयो यो देशमा धेरै, जता हेर्यो उतै हत्या
छिनेको राष्ट्रको माटो, खुसी खोसी गरे सत्ता
भए सत्ता मुखी नेता, बनी स्वर्थी गरे घात
उठाए जातको हिंसा, छुटाई मित्रको साथ

हरायो मित्रता राम्रो, भए जाली सबै गुण्डा
गरी गल्ती सधैं धोका, समाई हातमा झण्डा
लगाई फूलको माला, लिँदै आशा रहे जन्ता
बलत्कारी भयो मान्छे, बनी पापी गर्यो धन्दा

मिले पैसा सबै गर्छन्, कुनै छैन् सिमा बाधा
इशारामा चलेका छन्, बढेका भ्रष्ट छन् गाढा
मिठा राम्रो वाद गर्छन्, अनौठा कामको धन्दा
बिगारे देशमा धैरै, भएका मार्ग छन् बन्द

अहङ्कारी भएकाले, अरूको धर्म मास्दैछन्
छ कालो अर्थमा मस्ती, मिलेरै भ्रष्ट बन्दैछन्
भए लाल्ची सबै मान्छे, जता जान्छन् उतै भ्रष्ट
बनेका दुष्ट छन् पापी, जुटाए मस्त सम्पत्ति

छन्दःविधाता

ISS SIS SS I SSS ISS S

वि.सं.२०७८ भदौ ५ शनिवार ०७:१९ मा प्रकाशित

चारु

चारु

सीता शर्मा पन्थी, वीरगन्ज पर्सा चाँडोचाँडो रिसाउने छ ,निकै तिम्रो...

गजल

गजल

बिमला चन्द सानू बैतडी हाल : काठमाडौं बद्लिन्छ रूप रेखा...

गजल

गजल

एलपी पराजुली, काठमाडौँ मुस्कान तिम्रो गजब छ नानी बन्दै दिवानी...

गजल

गजल

रमा खतिवडा मैनशिखा, पोखरा  पिरोल्दै छ दिलभित्रको खतले म घायल...

सुसेली

सुसेली

सारिका बलामी ग्रीनहिल स्कुल दक्षिणकाली कक्षा ६ बन सुतली मेरी...

झिल्का कविताहरू

झिल्का कविताहरू

विकास क्षेत्री अञ्जान बिजनबारी बजार, भारत १ नेताले कसम खायो...