back
CTIZAN AD

दुधेखोला बस्ती नदी कटानको उच्च जोखिममा

वि.सं.२०७८ भदौ ८ मंगलवार

588 

shares

८ भदौ, गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–३ दुधेखोला बाढी, पहिरो र नदी कटानको उच्च जोखिममा परेको छ ।

दुधेखोलामा भदौ ६ गते राति आएको बाढीले बगाएको एक घर र उच्च जोखिममा रहेका अरु २२ घरपरिवारको उचित व्यवस्थापन हुन नसकिरहेको छैन । सोमबार साँझदेखि आज बिहानसम्म पनि निरन्तर वर्षा भइरहेकाले यो बस्ती, नदी कटानको चपेटा पर्ने त्रास बढेको छ ।

दुधेखोला आसपासका घरपरिवार बाढी र कटानको डरले आफ्नो घर छाडेर आफन्तकामा आश्रय लिएका छन् । पुछारमा उर्लँदो म्याग्दी नदी, शिरानमा विशाल भिर, गाउँको पश्चिम र पूर्वतर्फ भिरालो जङ्गलबाट झरेका खहरे छहराका कारण दुधेखोलाको बस्ती जोखिममा छ । करिब ४५ घरपरिवारको बसोबास रहेको यो बस्तीलाई उचितरूपमा व्यवस्थापन नगर्ने हो भने ठूलै खतरा निम्तनसक्ने सरोकारवालाको राय रहेको छ ।

आइतबार राति आएको बाढीले स्थानीयवासी दीपा पुनको घर बगाउँदा करिब रु १७ लाख बराबरको क्षति भएको छ । राति आएको बाढीले घरमा क्षति पुर्याउन थालेपछि तीन जना परिवार राति नै घर छाडेर आफन्तकोमा सरेकाले मानवीय क्षति भने भएको छैन ।

बाढीले घरमा रहेका लत्ताकपडा, खाद्यान्न र पशु चौपायासमेत बगाएको छ । स्थानीय नारायण पुनको एउटा दुहुनो भैँसी खोलामा मृतावस्थामा भेटिएको छ ।

भकिम्लीको लहरेनी र चिनाखेतको सिमानामा पहिरो खसेर दुधेखोलामा मिसिएकाले खोलामा आएको बाढी बस्तीतर्फ सोझिएपछि क्षति भएको बेनी नगरपालिका–३ का वडासदस्य तथा स्थानीयवासी गेमप्रसाद घर्तीमगरले बताए ।

उनका अनुसार दीपा पुनको घर पूर्ण क्षति भएको छ भने स्थानीय नारायण पुन र तिलाराम थापाको घर बस्नै नसकिने गरी उच्च जोखिममा छन् । घर्तीका अनुसार तल्लो र उपल्लो गरी दुई भागमा बाडिँएको गाउँमा ४५ घरपरिवारको बसोबास छ । दुधेखोला र म्याग्दी नदीको कटानका कारण सम्पूर्ण घरपरिवार उच्च जोखिममा रहेका उनले बताए ।

बाढीले दुधेखोलादेखि करिब ८०० मिटरको दूरीमा रहेको बस्ती कटान गरेको छ । दुधेखोला र कोप्रेखोलाको बीचमा रहेको बस्ती दुवैतिरबाट कटानमा परेकाले असुरक्षित बन्दै गएको उनले बताए ।

बाढीका कारण मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका चारवटा वडालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–बगरफाँट–सुर्केमेला–बरङ्जा सडक अवरुद्ध छ ।

खानेपानीको पाइप बगाएपछि धारामा पानी आएको छैन भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ । स्थानीयवासीलाई आउजाउ गर्न समस्या भएको छ । सुर्केमेलाबाट बेनी ढुवानी हुने दूध र तरकारी पनि ढुवानी हुनसकेको छैन ।

दुधेखोलाको बाढीले म्याग्दी नदी बग्ने ठाउँलाई साँघुरो बनाइदिएको छ । लेदो र ढुङ्गा नदीमा थुप्रिँदा तलाउ बनेको छ । जसले गर्दा म्याग्दी नदी पारिको बस्ती चुत्रेनी पनि जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासीले जोखिमयुक्त घरका सामान सुरक्षित रहेका घरमा सारिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक नवराज केसीले बताएका छन् ।

पीडित परिवारलाई खाद्यान्नलगायत राहत

दुधेखोलामा आएको बाढीले प्रभावित बनेकालाई जिल्लास्थित विभिन्न सङ्घसंस्था र राजनीतिक दलहरूले खाद्यान्नलगायत राहत सामग्री उपलब्ध गराएका छन् ।

नेपाली कांग्रेस र नेकपा (एमाले)ले बाढीपीडितका लागि राहत रकम उपलब्ध गराएका छन् भने लायन्स क्लब, ओमकुमारी शान्ति कोषलगायत सङ्घसंस्थाले खाद्यान्न, लत्ताकपडालगायत सामग्री उपलब्ध गराएका स्थानीयवासी तथा बेनी नगरापालिका–३ का वडा सदस्य गेमप्रसाद घर्तीले जानकारी दिएका छन् ।

वि.सं.२०७८ भदौ ८ मंगलवार ११:४६ मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपुरको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थित श्री जनज्योति माध्यमिक विद्यालयमा...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

जब फेवातालमा डुङ्गा पल्टियो…

जब फेवातालमा डुङ्गा पल्टियो…

गण्डकी । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए।...

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ । चालु आर्थिक वर्ष २०८२÷८३ को दश महिनामा पाँच...

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...