१० भदौँ, काठमाडौँ । साताको अन्तिम दिन बिहिबार सेयर बजार नेप्स दोहोरो अकंले बढेको छ । आज बजार परिसूचक १७ दशमलव ६० अकंले बढेर समग्र परिसूचक ३०९४ दशमलव ०५ बिन्दुमा पुगेको हो । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि ३ दशमलब ४६ अकंले बढेर ५७१ दशमलब ४६ अकंमा पुगेको छ ।
आज कुल सूचिकृतमध्ये २३२ कम्पनीको १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९१ रुपैंया बराबरको २ करोड १६ लाख ९० हजार ५८५ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा १ लाख ३० हजार ९३८ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, रिडी हाईड्रोपावर, महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा अरुण भ्याली हाइड्रोपावर, एनएमबी ५०, अरुण काबेली पावर, नेशनल हाईड्रोपावर, महालक्ष्मी विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।
आज ९ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज जिवन विकास लघुवित्त, नारायणी विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुहेश्वरी फाइनान्स, अरुण भ्याली हाईड्रोपावर, कर्पोरेट डेभल्पमेन्ट बैंक, आखुखोला जलविद्यृत, घलेम्दी हाईड्रोपावर लगायतका कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज सबै भन्दा धेरै गुमाउनेमा भने गुडविल फाइनान्स डेभेन्चर-८३, सिटिजन म्यूचल फण्ड-२, लाइफ इन्स्योरेन्स कर्पोरेशन, शिवम सिमेन्ट, गोर्खाज फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताहरुले परेका छन ।
आज भएको कारोबारमा १०२ कम्पनी लागनीकर्ताले कमाउदाँ ७९ कम्पनीमा लगानीकर्ताले गुमाएका छन भने ५ कम्पनीको सूचकमा कुनै पनि फेरबदल भएको छैन ।
वि.सं.२०७८ भदौ १० बिहीवार १५:२२ मा प्रकाशित


























