आफैबाट जीवनलाई धोका बारम्बार थियो ।
आफ्नै बचनको तीरले मुटु वारपार थियो ।
चरी झैँ एक्लै गगनमा उड्ने रहरहरु छन्
कर्मकै खेल त होला पिंजडा उपहार थियो ।
तड्पी तड्पी मरोस् नै भन्ने सोचेर होला
बर्साउँछन् चोट जसले उही दिलदार थियो ।
अर्जुनको बाण माथि आफै सैंयामा सुतेर
न मर्नु न बाँच्न सक्नु जीवन मझ्धार थियो ।
सुख एक्छिनको पाहुना दुःख सधैंको मित्र
बुझ्दा आखिर मैले यही जीवन सार थियो ।
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:३० मा प्रकाशित






























