back
CTIZAN AD

कविता: बिते याम सहजै

वि.सं.२०७८ भदौ १२ शनिवार

843 

shares

उकाली ओराली गरि कति बिते याम सहजै
पहाडी पाखोमा तनमन गयो जीवन यसै ।
कहाँ पुग्छन् गाडी सबतिर हिँडी पैदल सधैं
म थाकें सुस्ताएँ प्रतिपल बढें दोमन सँगै ।

सबै डाँडा पाखा बहुत हरिया फाँट हरिया
डुले वारी पारी नयन बहुतै खेत हरिया ।
छ चौतारी बाटो नजिक नजिकै गाउँ घरमा
थकाई मार्दै यो वरपर सधैं हेर्छु रमिता ।

बितेका ती हाम्रा अब कति गरौं यावत कुरा
हिँडेका गोरेटा सहज सहजै यौवन हुँदा ।
भए सारा बासी अधमर भयो जीवन अब
न हिँड्ने फूर्ती नै सलबल गयो जीवन अब ।

सुसेली पाखामा रनवन डुली घाँस बटुली
उपद्रो गर्दथ्यौ वर र पर उफ्रेर दगुरी
गए हाम्रा प्यारा दिन अब भए दूर अतिनै
न हेर्दा राम्रा छन् वरपर हुने फूल कति नै ।

भरी छन् शोभाले तर मन बुढो सुन्दर कहाँ ?
विरक्तीले छायो सकल मृतिका हेर्दछु जहाँ ।
बढे मान्छे मासे वन पनि सुके मूलहरु नै
कहाँ धान्ला पुस्ता समगम टुटे मूलहरु नै ।

छन्द: शिखरिणी छन्द

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:३२ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...