छेस्का बटुलौं
आगो सल्काऔँ
जीर्ण भत्काऔँ
२
जिन्दगी झाँकी
सन्देह माझ
देह छ बाँकी
३
कि माया जोड
कि बाटो मोड
टार्न नखोज
४
ममता बोकी
फर्केर आयौ
नबिग्रोस छवि !
५
सत्ताको राप
मिलेर चाख
इमान चाख
६
के छाड्थे ढाडे
अक्करै पारे
अँधियाँ बाँडे !
७
सित्तै चिउरा
फुपूको श्राद
बाँडी खाउँला !
८
सिमाना तोडे
जुँगाको युद्ध
सिद्धान्त पोले !
९
यसो न उसो
उच्च संयन्त्र
खानकै मेसो !
१०
पर्सेका बोका
जिन्दगी भोका
कुर्दै छन् ढोका !
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:३४ मा प्रकाशित






























