back
CTIZAN AD

मुक्तक

वि.सं.२०७८ भदौ १२ शनिवार

813 

shares

१.
दिन पनि रात झैँ अन्धकार हुन्छ अचेल
मनमा डर त्रास भय अपार हुन्छ अचेल
मुस्कुराउँन खोज्दा आँसुको झरी बर्षेसी
यो मुटुमा चोट बारम्बार हुन्छ अचेल ।।

२.
कसैको दुस्मन कसैको आँखाकी नानी भएकी छु
बग्दा बग्दै बर्षे भेल सरि धमिलो पानी भएकी छु
एकान्तमा बसि एक्लै रुएर देखावटी मुस्कुराए नि
कसम भित्र भित्रै जलेर धुलो खरानी भएकी छु ।।

३.
मेरो कुरा काट्दै हिँड्नेलाई समातेर चड्कन दिउँ झैँ लाग्छ
मिल्ने भए पोको पारी सारा यी बाधा अड्चन दिँउ झैँ लाग्छ
कुरा बढाइ चढाइ थुतुनो जोडाउने बेरोजगारीलाई
कडा भन्दा कडा कामकारबाहीमा समर्थन दिउँ झैँ लाग्छ ।।

४.
खोलासङ्ग सिमाना मिचेर बनाइएको घर
स्वार्थै स्वार्थले भरिएको यो अनौठो सहर
गहिरिएर सोच्दा मलाई उस्तै उस्तै लाग्छ
भोग्नै पर्छ जसरी नि विपत हुन्न रत्ति भर ।।

५.
कहिले हाँसो कहिले आँसु पिउनु पर्ने लाचारी भो जीन्दगी
निश्चित गन्तव्य नपुग्दै बिग्रीएको थोत्रो सवारी भो जीन्दगी
भोक तिर्खा नभनी दिनरात खटेर मलजल गर्दा पनि
मुरि रोप्दा मानोसम्म उब्जाउ नहुने बाँझो बारी भो जिन्दगी ।।

 नेचा सल्यान ५ सोलुखुम्बु,हाल -भक्तपुर

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:२८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...