back
CTIZAN AD

कविताः देश र प्रेम

वि.सं.२०७८ भदौ १२ शनिवार

7.9K 

shares

लाग्छ प्यारो देश मेरो स्वर्ग झैं यो सुन्दर
शान्ति बोक्ने राष्ट्र हाम्रो प्यार बाँडे हुन्न र ।
गाँस्नु माला फूल जस्तै बाबु आमा ईश्वर
सत्य यौटै मृत्युशैया जिन्दगी यो के छ र ।। १

देश यो नेपाल राम्रो भन्छ सारा विश्वले
मेल राखौं स्वार्थ त्यागौं रम्न जानौ प्रेमले ।
कोचलो भो व्यर्थ हाम्रो द्वन्दमाछौं आतपी
दुःख पीडा साट्न जानौ ठोक्न थालौं दुन्दुभि ।। २

झ्यालखाना नालनाता हर्ष पीडा जिन्दगी
जो खुसी छन् प्रेम छर्छन् घात गर्ने छन् दुखी ।
छैन क्यै तेरो र मेरो प्रेम चोखो लाउँला
भाल गर्दै साथ रम्दै प्रीत बाँड्दै जाउँला ।। ३

जाल बुन्ने घात गर्ने सोँच राखे पाप हो
दान सेवा गर्नु साँच्चै जिन्दगीको सार हो ।
मिल्छ चोला योनि लाखौं पार गर्दा मानव
दुष्ट बानी दम्भ पाले कष्ट होला घातक ।। ४

बोट जस्तो रोप्छ मान्छे फल्छ उस्तै जो फल
तेज आफ्नो सूर्य जस्तै राख जैले निर्मल ।
जन्म यै नेपालमा भो मृत्यु होस् नेपालमै
वीर नेपाली र गोर्खा वीरता होस् लक्ष्य नै ।।५

साँध मिच्ने दुष्ट वैरीको निमोठौं गर्दन
आइलागे जाइलागौं स्याल व्बाँसा झम्टिन ।
हात थापे प्रेम बाँडौ हात हाले भेदन
रक्त मागे देशले यो सुम्पिने हो जीवन ।। ६

सुध्र नेता देश द्रोही त्याग आजै कल्मष
देश भक्षी क्यान बन्छौ फेर आफ्नो हर्कत ।
सर्वहाराको सहारा बन्नु मान्छे हौ भने
लोकसेवा भावना होस् योजनाले चम्किने ।। ७

छन्द– मेनका

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:२६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...