back
CTIZAN AD

लघुकथाः स्थायी ठेगाना

वि.सं.२०७८ भदौ १२ शनिवार

795 

shares

उनी आफ्नो मुल घरमा खुसी छन् । घर वरिपरिका बोट विरुवाहरुसँग उनको गहिरो नाता जोडिएको छ । घरका कुना–कुनाले उनलाई चिनेको छ । उनलाई लाग्छ स्थायी ठेगाना जन्मेको घर नै हो, त्यहि बस्ने हो त्यहि मर्ने हो । उनी यस कुरोमा ढुक्क छन् ।

समय वित्दै गयो । उनी अशक्त हुँदै गए । अब एक्लै बस्न नसक्ने भए । घरलाई सदाका लागि बिदा गर्नुपर्ने भयो । त्यो दिन पनि आइपुग्यो । लुकाफाटाका पोका समाएर उनी ढोका बाहिर आए ।

बाहिर उभिएर घरलाई हेरे । चारैतिर नजर दौडाए । फूलको बोटलाई हेरे । रुखहरु जहाँको त्यहि छन् । घरले पनि आफुलाई हेरिरहेको महसुस गरे । अनि कतैबाट सोधे झै लाग्यो ‘बुवा !, अब ठेगाना बदल्न लाग्नु भएको हो ?’

फेरि यताउता, चारैतिर हेरे उनले । घर, बोट अनि रुखहरु जहाँको त्यहि थिए । सबैलाई हेरे उनले ।

अनि मनमनै भने–तिमीहरुको स्थायी ठेगाना बदलिने छैन । तिमीहरु सधै यहि हुनेछौं । तर, अब म तिमीहरु सँग हुने छैन । तिमीहरुसँग नाता जोडिने छैन ।’

 

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:२४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...