back
CTIZAN AD

गजल

वि.सं.२०७८ भदौ १२ शनिवार

867 

shares

समेटेर आएँ खुशी एकमुठ्ठी ;
मनैमा फुलाएँ खुशी एकमुठ्ठी ।

कतै फूल बन्दै रमाएँ असाध्यै;
उडेरै समाएँ खुशी एकमुठ्ठी ।

यता फक्रिएरै फुलेथ्यो मनग्यै ;
शिरैमा लगाएँ खुशी एकमुठ्ठी ।

कतै आँशु रोक्ने कतै पीर छेक्ने;
छहारी बनाएँ खुशी एकमुठ्ठी ।

अझै लोभ गर्दै गरें धेर फारो;
जतनले चलाएँ खुशी एकमुठ्ठी ।

सजाएर राख्दा पुगेकै छ हाँसो;
पिएरै रित्याएँ खुशी एक मुठी ।

 

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:२३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...