तिम्रो कवाजले नेपाली झनै डराए
आशा थियो यहाँ चाहाना त्यसै हराए ।
इच्छा भएर माथिल्लो खुड्किलो समायौ
आफ्नो रवाफ देखायौ झन् तिमी रमायौ ।।१
नेतृत्व आज आफू सस्ता भएर आए
आफ्ना सबै अँगालोमा बसेर खाए
सौन्दर्य देश हाम्रो यो विश्व फैलिएको
देखाइ रामलीला जो हेर मैलिएको ।।२
यो देश वीरका गाथा त्यो भुलेर आयौ
तिम्रा हुँदा मितेरी आफ्ना सबै बचायौ ।
नेपाल आज आफू हाँसेर बाँच्नुपर्ने
हाम्रो खुशी उचाली संसार ताक्नुपर्ने ।।३
हाम्रा कथा हराए हामी हराउछौँ झन्
आफ्ना व्यथा जगाए आफै डराउछौँ झन् ।
माला उनेर जो आऊ आज स्वर्ग भित्र
फुल्नेछ फूल हाम्रा मस्तिष्कमा बिचित्र ।।४
हाम्रा उचाइ बढ्नेछन् ती हिमाल हेर्दा
नेपाल स्वर्ग हाम्रो आहा ! मुहार फेर्दा ।
त्यहीँ छ मूल्य यो नेपाली धरा समाऊ
भाषा र भेष आफ्नै संस्कारमा रमाऊ ।।५
भातृत्व एकता यो देखाइ विश्वमाझ
पौरख गर्नु आ आफू देश बन्दछ ताज ।
जोगाइ देश हाम्रो आफै उठेर आऊ
देखाइ विश्वमा राम्रा छाप जो बनाऊ ।।६
छन्दःदिक्पाल
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:१९ मा प्रकाशित






























