१)
एउटा भन्छन् अर्को गर्छन् नेताहरु
बन्न सक्दै सकेनन् अहँ देशभक्त चरित्रवान्
बिदेशीको त शरणनै पर्छन् नेताहरु ।
२)
सरकारी कार्यालयका कर्मचारी÷प्रशासकहरु ः
आफ्नालाई कलम चल्छ सजिलै
कस्तो तालिम पाउँछन् खै कर्मचारीहरु
बाहिरीलाई हात गल्छ सजिलै ।
३)
सेतोलाई कालो बनाउने गर्छन्
के जादु छ खै वकिलहरुको कोटमा
ज्वाँईलाई सालो बनाउने गर्छन् ।
४)
चारैतिर सुन्ने कान हुने गर्छ
अचम्मको पेशा यो बिचौलियाहरुको
प्रायः पैसामा ध्यान हुने गर्छ ।
५)
सहयोगको नाममा लुटेका हुन्छन्
बिदेशी संस्था नभित्राएकै बेस होला
सूचना लिनलाई जुटेका हुन्छन् ।
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:१७ मा प्रकाशित






























