back
CTIZAN AD

कविता: दुष्टतात्याग

वि.सं.२०७८ भदौ १२ शनिवार

657 

shares

कर्म छन् भला गर्न उठ्नुछ ।
सीपले धरा पूर्ण भर्नुछ ।।
ज्ञान चेतमा भर्न जुट्नुछ ।
अन्तरिक्षमा साथ उड्नुछ ।।०१।।

भ्रष्टता सबै पोल्नु पर्दछ ।
कर्मका कला खोल्नु पर्दछ ।।
भोक रोगका मार्ग थुन्नु छ ।
सौख्य पाउने कर्म गुन्नु छ ।।०२।।

याद होस् सधैँ कर्म मार्गको ।
देश उक्लने दिव्य भावको ।।
दूर देशका मन्त्रणा सबै ।
त्याग होस् हियो रम्छ रे सधैँ ।।०३।।

देश उठ्न ता देश चाहियो ।
ज्ञान यो रहे सौख्य पाइयो ।।
चाहना बनोस् देश उन्नति ।
शुद्ध कर्म भै उठ्छ जिन्दगी ।।०४।।

काल ज्ञानमा ध्यान राख्नुछ ।
मेलले मिठो सौख्य डाक्नुछ ।।
भाइभाइमा शत्रुता गरे ।
कष्टले हियो पोल्छ रे भरे ।।०५।।

दूर फाल्नु रे घातका कुरा ।
कर्म उक्लँदै चढ्छ रे धुरा ।।
मेल हर्ष हो शक्ति भर्छ यो ।
दुष्टता सबै दूर गर्छ यो ।।०६।।

छन्द: द्रुता

 

 

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:१६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...