खै ! मेरो देशको प्रजातन्त्र कस्को कस्तो ??
चाहेर पनि बुझ्नै नसकिने
नेताहरूले स्वार्थ सिद्धिका लागि
उनिहरूले नै सृजना गरेका
प्रिय शब्द जस्तो
खै ! मेरो देशको प्रजातन्त्र कस्तो कस्तो ??
प्रजातन्त्रको शाब्दिक अर्थ र मर्मलाई
चितामा जलाई सकेको मेरो देशमा
चिताको खरानी संगै
प्रजातन्त्रको नारारूपी भेल देख्दा
नवौं आश्चर्य !
बस्तु देखे जस्तो लाग्दछ
त्यसैले
खै ! मेरो देशको प्रजातन्त्र कस्तो कस्तो ??
बुझेर पनि बुझ्नै नसकिने जस्तो
चटक बनेकोछ प्रजातन्त्र
मेरो देशमा
बादरीले सडक पेटीमा वसी
चटक देखाए जस्तै
हामी चटकीको तालमा
रमिते बनि तालि पिटीरहेछौ
खै ! मेरो देशको प्रजातन्त्र कस्तो कस्तो ??
क्षणिक सत्ता स्वार्थको लागि
प्रजातन्त्रको नाममा
अस्थिर राजनीतिको सृजना गरि
दृष्टि विहीन भै रमाई रहेछन्
देशको मान प्रतिष्ठा र अस्तित्व विर्सदै
प्रभुहरूको ईसारामा नाँची रहेछन्
खै ! मेरो देशको प्रजातन्त्र कस्तो कस्तो ??
जन भाव कुल्ची
आक्रोशित बनाईदैछ जनतालाई
भविष्यको बिचारै नगरि
कोरोना कहरको अगाडी
त्यसैलै
मेरो देशको प्रजातन्त्र कस्तो कस्तो !!
चन्द्र – सूर्यमा क्षणिक ग्रहण लागे जस्तो
वि.सं.२०७८ भदौ १२ शनिवार ०७:१४ मा प्रकाशित






























