back
CTIZAN AD

दस टुक्काहरु-राष्ट्रप्रेम

वि.सं.२०७८ भदौ १२ शनिवार

900 

shares

१.
प्राणभन्दा प्यारो लाग्छ मलाई मेरो देश,
मौलिक कला संस्कृतिको छुट्टै परिवेश ।
२.
विश्वकै अग्लो हिमाल हाम्रो सगरमाथा,
सर्वत्र परिचित छ है वीरताको गाथा ।
३.
फूलवारी हो साझा हाम्रो फूल अनेकथरी,
सुवास छर्दै बनपाखामा फुल्छ्न् सधैँभरी ।
४.
नवरङ्गी डाँफे नाच्छ सुन्दर पङ्ख फिजाई,
सेतो हिमाल हाँस्छ आफ्ना श्वेत दन्त देखाई ।
५.
एकतामा आलिङ्गन छन् बाड्दै खुशीयाली,
काली दुख्दा मेची उठ्दछ मेची दुख्दा काली ।
६.
तरपनि युवाहरू बन्दैछन् विदेश पलायन,
स्वर्ग जस्तो मुलुकमा युवा किन अटाएन ?
७.
तातो घाममा हाड घोट्दै युवा खाडीमा रुन्छ,
घर गर्ने कोही छैनन् खेतबारी बाँझै हुन्छ ।
८.
कर्णधार युवाहरू जिम्मेवार बन्नुपर्यो,
आफ्नै खेत जोत्नुपर्यो आफ्नै पाटो खन्नुपर्यो ।
९.
यतै खोजौँ रोजगार बगाऔँ यतै पसिना,
काम कदापि हुन्न ठूलो सानो झिना मसिना ।
१०.
जिम्मेवार राज्यले नै युवालाई भन्नुपर्छ,
स्वदेशमै युवा रोक्ने युवानीति बन्नुपर्छ ।

-घोराही उपमहानगरपालिका १४, दाङ

 

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:११ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...