back
CTIZAN AD

आमा दिदी बहिनी हो…

वि.सं.२०७८ भदौ १२ शनिवार

10.2K 

shares

आमा दिदी बहिनी हो !

कति बस्छौं दासी भैंसुखको सधै प्यासी बनेर
आकासको कालो बादल..तिम्रै शिरमाथि सर्दै मड्राउँछ
असिना र बर्खे झरी.. तिम्रै भाग्यमाथि निशानी लगाउँछ
बैशाखको घाम तिम्रै पुर्पुरामा लाग्छ,खुन बग्छ पानी बनेर
आमा दिदी बहिनी हो…

बलेनीको वरिपरि मात्र तिम्रो संसार छ, अरु सबै अँध्यारो छ
घरको अटालीमा तिम्रो लन्डन र न्यूर्योक छ चुल्हो राज्यको केन्द्र छ
टपरीमा सिन्के बुट्टा कला तिम्रो सर्वस्व छ खलानमा गुड्छ सड्छ कुहेर…

आमा दिदी बहिनी हो….
पँधेराको कचहरी तिम्रो सेमिनार छ, भाषणको मन्च छ
बनको पोथ्रो छहारीमा संस्कृतिको केन्द्र छ, बनको चरी मित्र छ
बत्ती कात्ने सीप तिम्रो इन्जिनरी शान छपिठीउँमा भारी बोकेर.. ।

आमा दिदी बहिनी हो…

पूर्णिमाको तिम्रो चन्द्र कुल्चिसके मानिसले, तिम्रै कुनै सन्तानले
तिमी जस्तै दिदी बैनी रकेटमा उडिसके, आफ्नो शक्ति चिन्हिसके
तिमी मझेरीमा छुन्मुनाउछ्यौं दङ्ग परी जीबनभरी कैदी बनेर
आमा दिदी बहिनी हो….

रेशमको बुट्टे ब्लाउज टन्न आङ्मा कस्न पाई, लाली पाउडर घस्न पाई
टेलिनको झिल्के साडी लाउन पाई मख्ख परी, बुद्धि सबै नष्ट पारी
पुरुषको खेलौना भै व्यर्थ फाल्यौ भोग विलासको साधन बनेर
आमा दिदी बहिनी हो….

बिं.स २०३१ सालमा प्रकाशित पसिना प्रकाशनबाट लिइएको विकल ज्ञवाली (एकदेव ज्ञवालीको छद्म नाम) द्धारा रचना गरिएको उक्त गीतमा जनवादी गायक जेबी टुहुरे((जुठबहादुर खड्गी) ले स्वर दिएका छन् । जीवनभरी जनताको गीत गाएर सबैको मनमा बस्न सफल भएका जनवादी गायक जेवी टुहुरेको ७८ वर्षको उमेरमा भदौ १० गते (बिहीवार) निधन भएको छ । संसारन्युज साहित्य परिवार उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछ । 

साहित्य संयोजक-अनुराग अरुण

 

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:०६ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...