back
CTIZAN AD

कविताः आमा

वि.सं.२०७८ भदौ १२ शनिवार

837 

shares

मुमा तिम्रो छोरी पल पल रुने याद छ अति
छु धेरै टाढा यो पर मुलुकमा भेट्नु कसरी ।
सबै स्वप्ना टुट्छन् विवस जहिले हुन्छु म मुमा
खुबै माया लाग्दै छ प्रिय जननी निश्चल अहा । १

भयो कस्तो ईच्छा अति मिलनको भेट नहुने
म छोरी अर्काको घर नगरमा बस्छु अहिले ।
न चाहेको पुग्ने न त सफर यो बन्छ सजिलो
थियौ आमा मेरी हृदय मुट त्यो प्रेम पहिलो । २

म जन्मे छोरी भै हरपल रुँदै बस्छु भवमा
कयौं स्वप्ना देख्थे रहर कति थे शान्त मनका ।
मुमा रानी तिम्रो सुख सयलमा साथ नहुँदा
म चिन्ता सुर्ताले हर बखतमा डुब्छु सहसा । ३

रसाएका आँखा टुलुटुलु गरी तस्विर छुने
र आत्मा पीडाले जखम गहिरो भो मन रुने ।
कसोरी पुग्ने हो सुख सुदिनको चाह मनको
रुँदा आत्मा मेरो सरस कविता लेखिन गयो । ४

शुभेच्छा लाखौंको छ प्रिय जननी आँचल चुमौं
सयौं आशा बुन्दै हृदय हितले हर्षित गरौं ।
कहानी पीडाको सुख र दुखको लेखन गरें
मुमा यो चेलीको नमन दिलले सेवन गरे । ५

 

 

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:३९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...