back
CTIZAN AD

कविता: तिमी मभित्र

वि.सं.२०७८ भदौ १२ शनिवार

6K 

shares

सम्मोहित छु म
तिम्रो बोलीको जादूमा ।

आफूभित्रको तिमीलाई
अन्वेषण गर्न
लागिपरेको छु म-
यतिबेला ।

मलाई थाहा छ –
जब मलाई देख्छौ
असाध्यै खुशाउँछौ तिमी,
बटुलेर
मनका ती खुशीहरूलाई
मुस्कानहरू बनाउँछौ,
थाक थाक लगाउँछौ
मुस्कानको
अनि
मुस्कानलाई मतिर
हुत्याइ पठाउँछौ ।

हो, त्यही अमूल्य क्षणलाई
पर्खेर
तपस्यारत छु अहिले ।
तिमी बोलेको सुन्न पाएको बेला
मनले रमाइलो उत्सव मनाउँछ,
भित्र अन्तर्मनमा कतै
मधुरो सङ्गीतजस्तो केही बजिरहन्छ
अनि लाग्छ –
तिमी बोलिरहुँ
म सुनिरहुँ सुनिरहुँ
अविराम रहोस् यो सिलसिला
अनन्त अनन्त पलोस् यो प्रक्रिया ।

मेरो मनको आकाशमा
तिम्रो सम्झनाको घाम लागिरहोस् । लागिरहोस्
अवरूद्ध नबनोस् कतै यो क्रम ।
साँझको रक्तिम आकाशमा
मैंले सधैँ हेर्ने तस्वीरमा
तिमी उसरी नै मुस्कुराइरहनू
जुन मुस्कान छ नि तिम्रो
त्यही मुस्कानले मेरो जिन्दगी उज्यालो छ ।
त्यही मुस्कानमा मेरो जिन्दगी देख्छु म
साँझसँगै तिमी सधैँ
यसरी नै आउनु है
मेरो सम्झनामा
मेरो सम्झनामा ।।

 

 

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:४३ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...