back
CTIZAN AD

म मरेको छैन आमा

वि.सं.२०७८ भदौ १२ शनिवार

3.6K 

shares

आँखाभरि सपनाहरु
मनभरि रहरहरू
बाँकी छन अझै
म,
मरेको छैन ।

जब,
आकाशमा कालो बादल मडारिन थाल्छ
अन्यायको झरीले डुब्न थाल्छन बस्तीहरु
तब, पहरेदार बस्तीको म
आउनै पर्छ आमा ।

म ….
आउने छु !

मात्र ! अलि साँस फेर्न गाह्रो हुन्छ
ती आततायी अत्याचारी बुटहरु
जसले किचेको पीडा त हुन्छ नै
र, पनि केही छैन ।

 

अबोध चेलीमाथी झम्टिदा बाजले
दर्दले आक्रान्त मूटु माथी
रमाईरहेका स्यालहरु
हो ! मैले देखिरहेकोछु
ढालिदै /सारीदै गरेका सीमा स्तम्भ
त्यसैले,
पहरेदार बस्तीको म
आउनैपर्छ आमा
विद्रोहको आगो सल्काउने ‘चे’ बनेर !

मैले सुनिरहेको छु
त्यो पारी बस्तीहरूमा
भयाभह ! कोलाहल !!
रोग
भोक
शोकले आजित
भुँईं मान्छेहरु
न सुन्छ कसैले उसको आवाज
न अधिकारको लागी बोली दिन्छ कसैले
अझै सम्म
मेरा जस्तै पिडाहरु बोकेर
बसिरहेका कर्मवीरहरू
हारे गुमाउने केही छैन / जीते संसार
मुक्तिको लागी मृत्यु
जुट्दैछन् माटोको कसम खाएर
म जस्तै /दूरूस्तै
अलि मुजा परेका गालाहरूमा
विद्रोहको भाव झल्काऊदै
भोक लाग्दा रोटी मागेर
गल्ती गरेका उनिहरु
अर्थात
भुँई मान्छेहरु ।

देखीरहेकोछु मैले
आफ्नो छाक टारेर खुवाएका भातमाराहरू
रूपान्तरित नवदलालहरू
हो नी ! हिजो जस्तै
आगो ठोस्दैछन् निमुखाको घरहरूमा
कसैका सपनाहरु तुहाएर बीच बाटोमै
विश्राम लिइरहेका छन् कोही ।

अबोध चेलीमाथी झम्टिदा बाजले
दर्दले आक्रान्त मूटु माथी
रमाईरहेका स्यालहरु
हो ! मैले देखिरहेकोछु
ढालिदै /सारीदै गरेका सीमा स्तम्भ
त्यसैले,
पहरेदार बस्तीको म
आउनैपर्छ आमा
विद्रोहको आगो सल्काउने ‘चे’ बनेर !

ओहो ! मूटु चस्कीयो !!
भत्भती पोल्यो छाति
र, पनि मलाई
मर्यो नसम्झिदिनु आमा
म !
मरेको छैन ।

अलीकती छातिमा यतै \ कतै
दूखेको मात्र हो ।

जे शी गाउँले, कोहलपुर, बाँके

वि.सं.२०७८ भदौ १२ शनिवार ०७:४८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...