back
CTIZAN AD

पारसको क्यारिकेचर गरेर फाइनलमा पुगे भरतमणि

वि.सं.२०७८ भदौ १३ आइतवार

759 

shares

१३ भदौ, काठमाडौँ । तपाई पक्कै झुकिनु भयो होला यी व्यक्ति पूर्वयुवराज पारस शाह हुन् भनेर तर, यिनी पारस नभएर कमेडि च्याम्पियनका प्रतिस्पर्धी भरतमणि पौडेल हुन् ।

रियालिटी शो ‘कमेडी च्याम्पियन’ का प्रतिस्पर्धी भरतमणि पौडेल शनिबारकाे प्रस्तुतीमा उत्कृष्ट प्रर्दशन गरेर फाइनलमा प्रवेश गरेका छन् । पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरेका पौडेल कमेडी च्याम्पियनको फाइनलमा प्रवेश गरेका हुन् ।

पारश शाहको गेटअपमा देखिएका उनले पारसकै जस्तै हाउभाउ प्रस्तुत गरेर शोका जज तथा दर्शकको मन जितेका थिए । प्रस्तुती अघि नै उनको प्रमोहरु सामाजिक सञ्जालहरुमा निकै भाइरल भएको थियो ।

कान्तिपुर टेलिभिजनबाट शुक्रबार र शनिबार साँझ ९.०० बजे प्रस्तुत हुँदै आएको सो प्रतियोगितामा उनले यसअघि पनि वर्तमान राजनीतिक परिस्थितिका बारेमा पनि निकै कटु व्यङ्ग्य गरेका थिए ।

शनिबार राति भएको अन्तिम ४ को प्रतिस्पर्धाबाट उनी सिधै फाइनलमा प्रवेश भएका थिए । बाँकी रहेका तीन प्रतिस्पर्धीबाट अब दुई जना छनोट गरेर फिनाले हुने बताइएको छ । भाइरल भएका पौडेल सञ्जालहरुमा   यो शो को बिजेता भन्दै छाएका छन् ।

वि.सं.२०७८ भदौ १३ आइतवार ०९:२० मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...