कतार नेपाली एकता समाज केन्द्रीय समिति दोहा कतारले सरकारले चुनावको मिति घोषणा गरेकोमा स्वागत गरेको छ । समाजका महासचिव खिम बूढा मगरद्वारा जारी विज्ञप्तीमा सरकारले घोषणा गरेको चुनावको स्वागत गर्दछौँ भनिएको छ ।
सरकारले गरेको त्यो निर्णयले संविधान कार्र्यान्वयन र राष्ट्रिय राजनीतिमा समेत निर्णयात्मक महत्व राख्दछ, विज्ञप्तीमा भनिएको छ “हामी स्थानीय चुनावबारे सरकारले गरेको निर्णयको स्वागत गदै त्यसलाई द्दढतापूर्वक कार्यान्वयनको लागी प्रवासि नेपालीहरुले पनि सयोग गर्नु पर्ने आवश्यकतामा जोड दिन्छौँ । र त्यस सन्दर्भमा देशको राष्ट्रियता सार्वभौमिकता र अखण्डतामा आँचपुग्ने कुनै पनिकार्य नगरियोस् । त्यसबारे हामीले सम्पूर्ण जनता राजनीतिक शक्तिहरु र सरकारको समेत ध्यानाकर्षण गर्न चाहन्छौँ ।”
समाजले सरकारले चुनावको मिति घोषणा गरे पनि कार्यान्वयनमा भने थुप्रै चुनौती रहेको जनाइएको छ । स्थानीय तह वा निकाय मध्ये के को चुनाव गर्ने त्यो कुरा अझै स्पष्ट नगरिएको र चुनावको मिति घोषणालाई मधेशवादीहरुले गरेको आन्दोलनको घोषणा गर्नुलाई विज्ञप्तीमा चुनौती मानिएको छ ।