back
CTIZAN AD

कुनै कार्यकारी भूमिकामा नबस्ने झलनाथ खनालको घोषणा

वि.सं.२०७८ भदौ १४ सोमवार

693 

shares

भदौ १४, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अब आफुँ कुनै कार्यकारी भूमिकामा नहुने घोषणा गरेका छन् । सोमबार स्वास्थ्य उपचार पछि स्वदेश फर्किएका उनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफुँ ७० वर्ष कटिसकेकाले पनि कार्यकारी पोष्ट माग्ने कुनै नैतिक अधिकार नभएको बताए ।

‘मेरो जीवन नाफाको हो, बोनस हो । सास रहुञ्जेल देश, राष्ट्र राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विस्तार र समाजवाद निर्माणको काममा समय खर्चिनुछ’ नेता खनालले भनेका छन्, ‘मसँग अब कुनै कार्यकारी पोष्ट माग्ने नैतिक अधिकार छैन, ७० वर्ष पुगिसकेको छु ।’

उनले एमाले छाडेर एकीकृत समाजवादी बनाउनुलाई फुटेको भन्न नमिल्ने पनि बताएका छन् । उनले केपी शर्मा ओलीबाट आफुँहरुले विद्रोह गरेको बताए ।

उनले भनेका छन्, ‘विद्रोह फुट होइन । यो विद्रोह थोरै मान्छेको हो कि जस्तो लाग्नसक्छ, तर सयौं, हजारौं र लाखौं हुँदै क्रान्तिको विकास हुन्छ । अहिले यो झिल्कोका रुपमा मात्रै छ ।’

सम्बन्धित समाचार

झलनाथ खनाललाई लिन एयरपोर्ट नै पुगे माधव

वि.सं.२०७८ भदौ १४ सोमवार १७:११ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...