back
CTIZAN AD

ग्लोबल आइएमई बैंकले ल्यायो तीज क्यास ब्याक योजना

वि.सं.२०७८ भदौ १४ सोमवार

759 

shares

१४ भदौँ, काठमाडौँ । ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजका अवसरमा विशेष ‘क्यास ब्याकु’ योजना ल्याएको छ ।

मोबाइल बैंकिङ एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले क्यासब्याक योजना ल्याएको हो ।

योजना अन्तर्गत भदौ २१ र २२ गते बुबाका लागि कुनै पनि उपहारको खरिदमा ‘गिफ्ट टू फादर’ लेखी क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा बढीमा ३ सय रुपैयाँसम्म क्यासब्याक पाइने बैंकले जनाएको छ । त्यस्तै, भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट–क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत वा ५ सय रुपैयाँसम्म फिर्ता पाइने जनाइएको छ ।

क्यासब्याक योजनालाई तिज विशेष बनाउन बैैंकले महिलाहरूलाई ग्राह्यता दिने उल्लेख गरेको छ । ग्लोबल आइएमई बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले डेबिट कार्डको प्रयोग गरी पिओएस वा इकममार्फत ३ हजार रुपैयाँ वा सोभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक पाउने जनाइएको छ । महिला ग्राहकलाई लक्षित यो योजना भदौ १६ देखि ३१ गतेसम्म चल्ने बैंकले जनाएको छ ।

वि.सं.२०७८ भदौ १४ सोमवार १७:०९ मा प्रकाशित

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

नेपाल बैंकका ग्राहकलाई डालिया होटेलमा ३५ प्रतिशतसम्मको छुट

काठमाडौँ । नेपाल बैंक लिमिटेड र पोखरा, ०६ लेकसाइडमा रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...