Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

 सापकोटाद्धारा  नेजस बेल्जियमको अध्यक्षमा उम्मेदवारी घोषणा



sita-sapkotaनेपाली जनसम्पर्क समिति बेल्जिययमको अध्यक्ष पदमा सिता सापकोटाले उम्मेदवारी घोषणा गर्नु भएको छ ।
सापकोटाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै चौँथो अधिवेसनको लागी आफ्नो, योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेको बताउनु भएको छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै सापकोटाले भन्नु भएको छ,

“कांग्रेस हुनुमा हाम्रो सान
एकताको अधिवेसन नै हाम्रो अभियान
तपाईहरुको अमुल्य मतदान,
महिला नेतृत्व हाम्रो पहिचान

आदरणिय नेपाली जनसम्पर्क समिती बेल्जियमका अग्रजहरु, नेपाली जनसम्पर्क समिती बेल्जियम संग आबद्ध क्रियाशील सदस्यज्यूहरु, साधारण सदस्यज्यूहरु तथा शुभचिन्चक आदरणिय वुवा आमा, दाजुभाइ तथा दिदी बहिनीहरु जय नेपाल,

१५ बर्षको उमेरदेखी शुरु गरेको मेरो राजनीतिक यात्राको अनुभवसंगै नेपाली जनसम्पर्क समिती बेल्जियमको आसन्न चौँथो अधिवेसनको लागी आफ्नो, योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा अध्यक्ष पदको आकांक्षी बनेर यहाँहरु माँझ प्रस्तुत भएको छु ।
पार्टीको सुदृढ बिकाश, एकता सहकार्य र सहमती मेरो पहिलो प्राथमिकतामा रहनेछन । देशमा होस या बिदेशमा राष्ट्रीयता, लोकतन्त्र र समाजवादको आडमा रहेर मुलुकको समृद्द बिकाशमा पार्टीको मुल्य र मान्यता र ईतिहासलाई अंगिकार गर्दै अगाडी बढ्नु मेरो दायित्व रहने छ । प्रदेशको हाम्रो बसाईमा यहाँस्थित अन्य जातिय, क्षेत्रिय, बैचारिक र सामाजिक संग संगठनहरुसँग हातेमालो र सहकार्य गर्दै अगाडी बढ्ने नै छु । र यहाँभित्र आईपर्ने हरेक नेपालीका दुःख अप्ठ्याराहरुलाई आत्मसाथ गर्दै सक्दो सेवा गरेकै छु जस्तो लाग्दछ । र आगमी दिनहरुमा पनी र बैचारिक संगठनमा रहेर पनी मेरो सामाजिक दायित्व यही नै रहने छ । जुन दायित्व र कर्तब्यबाट म कदापी पछाडी हट्ने छैन । सहमतिय नेतृत्वमा मेरो अन्तिमसम्म पनी पहल रहने छ, भला म बन्न सकुँ या नसकुँ, संगठनको बृहत्तर हितको लागी अग्रजहकले चालेको कदम नै मेरो लागी निर्णायक र कर्तव्य बन्ने छ । आजका हामी महिला ,परिवार समाज र सिंगो राष्ट्रको नै नेतृत्व लिन सक्ने हैसियत बन्दै गर्दा म मा पनी आँफुले त्यो हरेक क्षेत्रमा फिट हुन सक्ने ईच्छाशक्ती र सामथ्र्य जुटाउन सक्ने हैसियत राख्दै भन्न चाहान्छु, यो समाजमा बस्दै गर्दा जानेर या अन्जानमा कहीँ कतै र कसैको चित्त दुखाउन पुगेको भए पनी मान्छे हुँ, गल्ती हुन सक्दछ सच्चिने अवसर दिनु नै हुने छ आसा राख्दै यहाँहरुको सामु पूर्ण सहयोग सरसल्लाह र सुझावको अपेक्षा गर्दै आफ्नो सबल र सक्षम टिम सहित छिटै नै भाबी कार्यक्रम, योजना र घोषणापत्रका साथ उपस्थित हुने प्रतिबद्दता जाहेर गर्दै यहाँहरुको सहयोग सँधै सबै लाई र अहिले मलाई भन्ने नाराका साथ सहयोगको लागी पुनः हार्दिक अनुरोध गर्दछु ।” जय नेपाल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत

प्रेम, परियार नर्वे । प्रवासी नेपाली एकता मन्च नर्वेले आयोजना गरेको मैंत्रीपूर्ण टि –१०

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टे निर्देशन दिएका

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्

काठमाडौं । पर्वतको जलजला गाउँपालिका धाइरिङ ७ मा विद्युतीय दुर्घटनामा परेर १ जनाको मृत्यु