back
CTIZAN AD

राजपाबाट निर्वाचित सांसदले पनि दिएनन् महन्थलाई साथ, ११ सांसद मात्रै देखिए लोसपामा

वि.सं.२०७८ भदौ १६ बुधवार

687 

shares

भदौ १६, काठमाडौं । जसपाबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा प्रदेश २ मा ११ सांसदले मात्रै सनाखत गराएका छन् । बधुबार जसपाका ११ सांसदले लोसपाको पक्षमा सनाखत गराएका हुन् ।

प्रदेशसभा सदस्यहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतोले लोसपाको पक्षका सनाखत गराएका छन् ।

प्रदेश २ मा जसपाका ५५ प्रदेशसभा सदस्य थिए । जसमध्ये तत्कालिन समाजवादीबाट ३० र तत्कालिन राजपाबाट २५ सदस्य निर्वाचित भएर आएका थिए ।

तर, महन्थ ठाकुर पक्षले जसपाबाट अलग भएर लोसपा बनाउँदा राजपाबाट निर्वाचन २५ मध्ये ११ सदस्यले मात्रै साथ दिएका छन् । राजपाबाटै निर्वाचित १४ सदस्यले भने जसपा रोजेका छन् ।

माओवादीले कारबाही गरेपछि १०४ सदस्यीय बनेको प्रदेशसभामा जसपा र एमाले विभाजनसँगै जसपामा ४५, नेपाली कांग्रेसमा १९, नेकपा (एस)मा १३, लोसपामा ११, माओवादी केन्द्रमा ८, नेकपा (एमाले)मा ६ र एक स्वतन्त्र सांसद छन् ।

वि.सं.२०७८ भदौ १६ बुधवार १७:२० मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

लगातार तेस्रो कारोबार दिन नेप्से ओरालो, तीन दिनमै ४० अंकभन्दा बढी क्षति

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...