back
CTIZAN AD

२४ घण्टामा थपिए २०५२ कोरोना संक्रमित, ३ हजार बढी निको

वि.सं.२०७८ भदौ १६ बुधवार

681 

shares

१६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २०५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पिसीआर र ऐन्टिजेन विधिबाट गरिएको १४,९३५ वटा नमुना परीक्षणमा देशैभरी २,०५२ जनामा संक्रमण पुष्टि भएको छ ।

आज काठमाडौं ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना गरी उपत्यकामा आज ७१९ जना संक्रमित थपिएका छन् ।

आज थपिएका २०५२ संक्रमितसँगै देशमा हालसम्म ८ लाख ४८ हजार २०४ जना संक्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ३,०३० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख १९ हजार ३३६ पुगेको छ ।

त्यस्तै आज देशैभरी २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ७७० पुगेको छ ।

नेपालमा हाल ३४ हजार १८९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ३१ हजार ८१२ जना होम आइसोलेशन र २,३७७ जना संस्थागत आइसोलेशन सेन्टरमा रहेका छन् ।

हाल देशका विभिन्न अस्पतालका आइसीयुमा ५६३ र भेन्टिलेटरमा १७० जनाको उपचार भइरहेको स्वास्थ्यमन्त्रालयद्धारा जारी विवरणमा उल्लेख छ । आज आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या बढेको छ ।

नेपालमा हालसम्म ४३ लाख ९९ हजार २६ जनामा कोरोनाको नमुना परीक्षण गरिएको छ । त्यसमध्ये ३९ लाख २५ हजार ७५८ जनामा पिसीआर र ४ लाख ७३ हजार २६८ जनामा ऐन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

१ करोड बढीले खोप लगाए
त्यस्तै माघबाट सुरु गरिएको खोप अभियान अन्तर्गत १ करोड ९२ हजार १६४ डोज खोप लगाइएको छ । जसमा ५४ लाख २४ हजार ८६३ जनाले पहिलो मात्राको खोप लगाएका छन् भने पूर्ण मात्रामा खोप लगाउनेको संख्या ४६ लाख ६७ हजार ३२८ जना रहेको छ । यो कू्रल जनसंख्याको १५.४ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

२० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
स्वास्थ्य मन्त्रालयले हाल देशका २० वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जनाएको छ ।

आज देशैभरी थप २२९५ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

वि.सं.२०७८ भदौ १६ बुधवार १७:१९ मा प्रकाशित

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती खानेपानीको सचिवमा रमाकान्त काफ्लेको उम्मेदवारी घोषणा

कावासोती । कावासोती खानेपानी तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि...

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना

प्रगति ढकाल, काठमाडौँ । सरकारले प्रदूषित हावा हटाएर स्वच्छ वातावरण...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादक संघमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ...

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम विवरण यी प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...