back
CTIZAN AD

जनयुद्धका घाईते तथा अपाङ्गको उपचार खर्च जिम्मा लिने प्रदेश सरकारको निर्णय

वि.सं.२०७८ भदौ १८ शुक्रवार

972 

shares

भदौ १८, पोखरा । गण्डकी प्रदेश सरकारले जनयुद्धका घाईते, अपाङ्ग तथा शहिद परिवारलाई स्वास्थ्य उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । प्रदेशको मन्त्रीपरिषदको बैठकले उक्त र्निणय गरेको हो ।

प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले पदभार ग्रहण गर्ने बेला पहिलो निर्णय गरेकी थिइन् । सरकारले यसअघि निति तथा कार्यक्रममा समावेश गरी आवश्यक कार्यबिधि बनाएर उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गले दिइन् ।

प्रदेश सरकारको यो निर्णयसँगै अब गण्डकी प्रदेशभित्र रहेका जनयुद्धका घाईते, अपाङ्ग तथा शहिद परिवारले निःशुल्क स्वास्थ्य उपचार पाउने भएका छन । माओवादी सरकारमा पुगे पनि शहिद बेपत्ता तथा घाइतेलाई वेवास्था गरेको आरोप लाग्ने गरको थियो ।

राजनीतिक परिवर्तनमा ज्यानको आहुती दिने महान शहिद, बेपत्ता तथा आन्दोलनका क्रममा घाईते भएका योद्धाहरुलाई थोरै भएपनि यो निर्णयले मलम लगाउने काम गरेको मन्त्री अधिकारीले बताइन् ।

अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गर्दे गरेका स्वास्थ्य नीतिमा पनि आधारभूत वर्गलाई स्वास्थ्यको पहँुचमा पुर्याउने गरी विषय समेटिने हदैसम्मको प्रयास गरिएको उनको भनाई छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १३:१३ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...