२२ भदौ, काठमाडौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार गरेको छ ।
सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको जनाएको छ ।
बैंकले एक प्रेस विज्ञप्ती जारी गर्दै श्रावण ३२ सोमबार बैंकले प्रदेश २, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं.१५ सोकनाह बजारमा ८८ औँ शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको जनाएको छ । साथै भाद्र १३ गते आइतबार बैंकले प्रदेश १, सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं.२ तित्रिवनमा ८९ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८९ पुगेको बैंकले जनाएको छ । बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
उक्त शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
वि.सं.२०७८ भदौ २२ मंगलवार १४:४४ मा प्रकाशित






























